Thursday , 19 October 2017
Home / देश / अनुसन्धान र आबिस्कारमा बिद्यार्थीहरु निरन्तरता, बिकाश र लगानीको खाँचो

अनुसन्धान र आबिस्कारमा बिद्यार्थीहरु निरन्तरता, बिकाश र लगानीको खाँचो

 

सञ्जु पौडेल
एउटी गर्भवती महिलाको गर्भा अवस्थामा ध्यान पुराउनुपर्ने सावधानी र स्याहारको कुरा सबैको लागि उत्तिकै महत्वपुर्ण कुरा हो त्यसमा पनि गर्भवती महिलाको अवस्था क्षण क्षण मै अपडेट हुनु उत्तिकै आवश्यक कुरा हो, त्यही कुरालाई सहयोग होस् भन्ने उद्धेश्यले पोखराको पश्चिमाञ्चल ईन्जिनीयरिङ क्याम्पसका बिद्यार्थीहरुले प्रेग्नेन्सी गाइडनामक एप बनाएका छन् जुन एप्लीकेशनको प्रयोगबाट एउटा गर्भवती महिला र उनका परिवारले उनको गर्भावस्थाको बारेमा हरेक दिनको जानकारी लिन सक्छन् । त्यसका लागि प्रेग्नेन्सी गाईड नामक एप्लीकेशनमा एउटा एकाउन्ट खोल्नुपर्ने हुन्छ र पहिलो डाटा आफूले दिनुपर्छ त्यस पश्चात हरेक पटक गाइडले नै अपडेट गराउँछ । यो गाईडको प्रयोगले यदि गर्भवतीले ख्याल गर्नु पर्ने हरेक कुराको अलर्ट गराउँछ र गर्भावस्थामा कुन महिनामा कस्तो शारीरिक अफ्ठ्यारा हुन सक्छन् भन्ने बारे पनि अवगत गराउंँछ । बुटवलमा जारी क्यानमहासंघ नेपाल, रुपन्देहीको डिजीकम क्यान ईन्फोटेक २०१७ ईन एशोसिएसनविथ ईन्फो डेभलपर्समाल्। ऋयमभचक लेखिएको ब्यानर भएको स्टल छ जहाँ हामी यसकाबारेमा धेरै जानकारी पाउन सक्छौं । यतिमात्र हैन ८ जनाको समूहमा रहेको टोलीले विभिन्न एप्लीकेशन बनाएका छन् ।बिद्यार्थीहरुले अर्को रिच टु अस भन्ने ट्याबको माध्यमबाट एप बनाएका विधार्र्थीहरु अप टु डेट कन्ट्याक्टमा रहेर फिडब्याक लिने व्यवस्था पनि छ । कम्प्यूटर ईन्जिीनियरिङको ५औं सेमेस्टरमा अध्ययनरत उनीहरुले अर्को एप्स बनाएका छन् सजिलो यात्रा । जुनएप हाल पोखराका लागि मात्र सिमित छ तर निकट भविष्यमै देशको हरेक बाटो र स्थान पहिल्याईदिने र यात्रुलाई सहज बनाईदिने उनीहरुको योजना छ । यो एप्समोबाईलमा ईन्टरनेटको प्रयोग संगै संचालन हुन्छ । कुन स्थानबाट चढेको र कुन स्थान सम्म पुग्ने ति ठाउंको नाम दिएपछि एपले आफ्नो गन्तव्य आईसकेपछि र्झन संकेत गर्छ । यो नयां यात्रुका लागि फलदायी प्रविधी हो । त्यस्तै अर्को एप छ अनलाईन एक्जामिनेशन सिस्टम एप जस मार्फत घरबाटै हरेक प्रवेश परिक्षाहरु दिन सकिन्छ । कुनै विद्यालय या कलेजमा भर्ना हुनुपूर्व दिनुपर्ने परिक्षा घरबाटै प्रश्नहरु कम्प्यूटरमा हेरी उत्तर पठाउन सकिने खालको छ । त्यसका लागि एक्जाम लिने विद्यालय वा कलेजको आईडी आवश्यक पर्छ । यो एप प्रयोग गर्ने विद्यालयहरुमा युजर आईडी हुन्छ । त्यस्तै उनीहरुले आईटी सोलुशन नामक कम्प्लीट वेबसाईट पनि निर्माण गरेका छन् । प्रबिधि मेलामा यि पोखरेली बिदार्थीहरु जस्तै अन्य विशेषत ःविद्यार्थी र प्रविधीको प्रयोगकर्ताहरुसंग सम्बन्धित रहेको प्रदर्शनीम ाविधार्थीहरुका आविष्कारले पनि स्थान पाएका छन् ।
बुटवल स्थित कालिका माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले कोड लाइट इन्फोटेकको ५ दिने सेमिनारमा केही कुरा सिक्ने अवसर पाएका थिए, त्यही सिपलाई व्यवहारमा उतार्दा उनीहरुलेम्ःम् ९ म्यत mबतचष्ह मष्कउबिथ० बनाउन सक्षम भए , कक्षा ९,११ र १२ का१२ जना बिद्यार्थीहरुको यो अन्वेषण विभिन्न होटल, सपिङ सेन्टर, बैंक आदि मा गर्न सकिन्छ । अर्डिनो , ब्लुतुथमोडुल र एम आइटी इन्भेन्टरको प्रयोग गरी बनाईएको यो डिस्प्ले माहोटलमा मेनुको लागि, सपिङ सेन्टरमामूल्य सूचिको रुपमा र बैंकहरुमा दिनहुँको स्टक अनि ब्याजदरको जानकारी का लागि प्रयोग गर्न सकिन्छ । यो एप्लीकेशनमा डिस्प्ले गर्नका लागि डिक्सनरीमा समावेश भएका शब्दको प्रयोग आवश्यक पर्छ । डिस्प्ले लेखेर मात्र नभई बोलेको कुरा समेत डिस्प्ले हुन्छ ।उनीहरुले नै एउटा कम्प्यूटर गेम बनाएका छन् जसमा विद्यार्थी र युवा वर्गहरुको रुचि हुन्छ साथमा एउटा जेस्टर कन्ट्रोल कार जुन हातको हाउभाउअनुसार चल्छ त्यसको निर्माण पनि गरेका छन् । ३ हप्तामा निर्माण भएको उनीहरुका प्रविधीले क्यान ईन्फोटेकमा स्थान पाएका छन् । विद्यालयमा प्राविधिक शिक्षाको ज्ञान पाईने भएकाले आफूहरुको सिप विकासमा टेवापुगेको विद्यार्थीहरुको भनाई छ ।
प्रविधिको बिकाशमा फरक शारिरिक क्षमता भएका व्याक्तिहरुको पनि योगदान स्वरुप पाल्पा बाट आएका दृष्टिीविहीन र अपाङ्गता भएका विद्यार्थीहरुले स्किन रिडर एप बनाएका छन् । यो एपले कम्प्यूटर र ल्यापटप अनि मोबाईलमा आफूले लेख्न चाहेका शव्दहरु लाई लेख्न सिकाई दिन्छ र सामाजिक संजालमा आएका कुराहरु आवाजको माध्यमबाट प्रस्फुटन गर्न सघाउँछ ।
ईनफोटेकमै सहभागी अर्को स्टल छ साईनिङ स्टार ईङ्लिस बोर्डिङ स्कूलको । उक्त स्टलमा कक्षा ८ र ९ माअध्ययनरत विधार्थीहरुले कन्ट्रोल होम एन्टोमेशन नामक एप्लीकेशनको प्रदर्शन गरेका छन् । यसको प्रयोगका लागि आफू जुन स्थानमा भए पनि घर, या अफिस मोबाईलबाटै स्वीच बटनहरु खोल्न र बन्द गर्न सकिन्छ । त्यस्तै उनीहरुले जोखिमयुक्त स्थान मा मानिस जान नपरोस् भन्ने हेतुले रिमोर्ट अपरेटेड भेइकल पनि बनाएका छन् । यो साधनले जोखिमयुक्त क्षेत्रमा मानिसको उपस्थिती विना नै काम गर्न सक्छ । त्यस्तै क्यान प्रदर्शनीमा विभिन्न पोखरी सफा गर्न सकिने मेशिन, नेपालमै निर्मित सोलार कार, ड्र«ोन क्यामरा पनि देख्न सकिन्छ ।
प्रतिनिधी मुलक यस्ता आविष्कारहरु यस्तै प्रदर्शनीमा मात्र सिमित रहेको देख्ने गरिन्छ । यस्ता प्रबिधिको निर्माण गर्न सक्ने जनशक्ति देशमै हुँदा पनि श्रोत साधन दिएर निर्माण र प्रयोगमा ल्याउन सम्बन्धित निकाय उदासिन देखिन्छ । देशमा यस्ता प्रतिभाहरुले आविष्कार गर्नु केवल देखाईका लागि सिमित छ । यस्ता प्रतिभाले बनाएका प्रविधिको प्रयोग हरेक मानिसको पहुंचमा हुने हो भने विश्वव्यापी विकासको बाटोमा नेपालले पनि आफ्नो स्थान अब्बल गराउन सक्थ्यो । यस्ता प्रबिधि मेला तथा महोत्सवले स्थानीय स्तरमा भएका आबिस्कारहरुलाई अन्तराष्ट्रिय बजारमा पुराउन सहयोग पुराउँछ । सामान्य तया बिद्यार्थी समयमा लिने अन्वेषणको उचाई साँच्चिकै माथि सम्म पुराउन त्यसको निरन्तरता जरुरी छ ।

 

Sabhar:Sabalnepalnews

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *