Sunday , 24 September 2017
Home / देश / एक जनमुक्ति सेना काम खोजिको सिलसिलामा थावाङ् लागे

एक जनमुक्ति सेना काम खोजिको सिलसिलामा थावाङ् लागे

 

  -माधब के.सी

 

घर रोल्पा थवांग गा.वि.स. बाट करिव १ कि.मि. टाढा एउटा सानो गाउँको पूर्वपट्टीको अन्तिम एउटा झुपडी थियो मेरो घर । जुन घरमा मेरो जन्म भयको थियो । जन्म मिति २०३३ श्रवण ४ का दिन विहानी मिरमिरे मा भयको रे । नाम गाउँघरमा काले नामले परिचित तर पण्डित वाले दिएको नाम गोपाल र थर मगर ( पुन ) । राज्यका सम्पूर्ण सेवा सुविधा बाट बन्चित हाम्रो गाउँमा अशिक्षा,गरिवी,वेरोजगार शिवाय अरु केही थिएन । त्यसमध्यपनि १ गरिव परिवारमा मेरो जन्म भयको थियो जव म केहि कुरा बुझ्न सक्ने र सोच्न सक्ने भएँ त्यसपछिका सुरुवाती दिनहरु देखिनै दिनहरु दु:खै दु:ख मा बित्दै आयका थीय । गरिवी, अशिक्षा लगायतकै कारणले होला हाम्रा अभिभावकहरुलाई त छोराछोरीलाई पढाउनुपर्छ भन्ने समेत पत्तो नहुने ।

गाउँवाट करिव २ घण्टा हिडेपछि यउटा प्रा.वि स्कुल थियो । म १२ वर्षमा शो विद्यालय सम्म पुगेँ । कक्षा १ मा भर्ना भईसकेपछि मेरो शिक्षाले औपचारिकता पाएको थियो । दैनिक दु:खै दु:खमा अगाडि वढ्दै थियो । त्यतिवेला पनि लग्दथियो कि सुखी हुन पाए हुन्थ्यो । त्यो चाहना कुनै अस्वभाविक पनि त थिएन ? किनकि सानो वालकले पनि त सेवा सुविधा खोजेकै हुन्छ । त्यसैले त उसलाई अफ्टयारो हुदा रुन्छ । हुन त भन्दो रहेछन् मानिसको जीवनमा सधै दशैँ भयो भने दशैको पनि त के महत्त्व ,त्यसैले त जीवन पनि त दु:ख-सुखका साथ अगाडी बढ्दै जाने न हो . अह ! तर यो यउटा उपन्यास लेख्ने जमर्को गरेको दिनसम्मदु:खका दिनहरुमा सारै उतारचढाव नै भयो । तर अर्को शब्दमा सुखले आजसम्म प्रवेश पायको छैन र पनि म मा एक आशाको दिप बाँकि नै छ सानो भयपनि आशाको दिप बलिनै रहनु पर्छ जसरि यउटा सानो टुकीले ठुलो कोठामा पनि अन्धकारमा उज्यालो छार्दछ,तेस्तै बल्लतल्ल ५ कक्षा पास गरियो,त्यसको सहारामा आज कलम चलाउदै छु ।

हो म पाँच कक्षा पास गर्दा १७ वर्ष पुगीसकेको थिएँ अहिले यो उमेरमा त सहरबजारतिरका भाइबहिनी हरुले त +२ नै पास गरिसकेका हुन्छन् । त्येसमा मलाई कुनै आपत्ती छैन, त्यो वेला पिछडिएको गाउँ गरावी, अशिक्षा लगायतका अन्य विविध समस्या यतिकैमा मेरो पढाईले बिट मार्यो र गाउँघरमा घराएसी काम गर्दै दिनचर्या बित्दै थिय एस्तै कामखोजिकै सिलसिलामा एकदिन म घरबाट निस्कि थवांग आएँ । २०५१ माघको कुरा जाडो महिना थियो । गरविकै कारण एकसरो कपडामै थिएँ शो दिन त्यहा १ पर्शिक्षड कार्यक्रम रहेछ , हाल एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा सहितको टोलि थियो । म त कामको खोजीमा भौतारी रहेको थिएँ त्येसै सिलसिलामा उक्त कार्यक्रम यसो बाहिर झाल्बाट हेर्ने र सुन्ने मौका मिल्यो । सबै कुरा त बुझीन एसो अलिअलि बुझेको कुराले मनमा कौतुहलता सुरु भयो । ति कुरा ले कताकता चिसो पनि कम भयको महसुस गरे र म मा पनि परिबर्तित वहाव सुरु भयो । एतिकैमा म पर्शिक्षड कार्यक्रमा छलफल भयका केहि मैले सुनेका पर्सङ्ग सम्झदै २ दिन थवांगमै काम गरे  । एहाको कामले नपुग्ने भयपछी म अरु २/४ जना दाईहरु सँग प्यूठान लागे । कामकै सिलसिलामा केहि समय प्युठान केही समय गुल्मी र अर्घाखाँची गर्दा करिव ८ महिना बितेछ र म घर फर्कने निधो गरि ८ महिना पछी घर फर्के । घरमा कामको सिलसिलामा भोगेका दु:ख सुखका कुरा चल्दैजादा मैले बुबालाई थावंगको कुरा पनि सुनाय ।बुबा त आत्तिदै भान्नुभयो  कि तेस्ता मानिसलाई कहाँ भेटिस , अव उनीहरुले बन्दुक(हतियार ) उठाउदै छन् । जुन बन्दुक सब्द त उक्त  कार्यक्रममा पनि सुनेको थिएँ आज फेरी बुबा तेही भन्दै हुनुहुन्छ । हुनत बुबा अशिक्षइत भयपनी गाउँघरमा सामाजिक काम गर्ने हुनाले होला केही कुरा बुझ्नुहुन्थ्यो । मलाई खुल्दुली लग्न थाल्यो किन बन्दुक अनि कसका लागि बन्दुक जस्ता धेरै कुरा मनमा खेले र पनि मैले बुबालाई सोदिन । बुबाले केही कुरा बताउदै जादा थाहा भयो कि पर्शिक्षड दिने वेक्ती त रोल्पाकै रहेछन  ।तेतिबेला देखिनै मलाई  त्यो कुराले घचघचाईनै रहयो ।

येतिकैमा मेरा दिनचर्या फेरी पुरानै कहिले गोठाला त कहिले घराएसी कामका साथ दिनहरु बित्दै थिय , मलाई थाहा थियन कि २०५२ फाल्गुनबाट जनयुद्ध सुरु भैसकेको रहेछ मंसिर महिना थियो एकाबिहानै २ जना  मनिस मेरो घरमा आए र आफुहरु माओवादी भनि परिचय गरे बुबा त्यस दिन घरमा हुनुहुन्नथ्यो र उनीहरुले म सँग करिव २ घण्टा जति  पर्शिक्षडकै सैलीमा कुरा गरे । म सँग पनि जिज्ञासा थीय जवाफ चित्तबुझ्दो नै पाय । हुन त पछि थाहा पाय कि” हामी जस्तालाई क्रन्तिकारी कुराहरु बिकाउन सजिलो हुदो रहेछ ।“ हुनपनि राज्यबाट पाईनुपर्ने सेवा सुविधाहरु बाट बन्चित नै थियौ कुरा गर्दा उनीहरु पनि राज्य सरकार माथि आक्रोस बेक्त गर्दथे । त्यसमा मेरो सहमत नहुने कुरै भयन त्यसमाथि पनि गरिवकै कारण गाउँघरकै कतिपय हरुबाट दमन साहन परेको पिडा पनि म मा थियो । उनीहरु येस्ताका बिरुद्धमा पनि उत्तीकै खनिन्थे मलाई पनि लग्यो कि हामीहरु जस्तै वर्गको मुक्तिका लागि रहेछ त । कुराकानीकै सिलसिलामा मैले थवांगको बारेमा पनि सुनाय । र उहाँहरुबाट पनि जवाफ आयो कि उहाँहरुनै हो “तपाई हामी जस्तैका मुक्तिको लागि वर्गिय लगाइ लड्नुहुने उहाहरु केही सम्पन्न र बुद्दिजीवि भयरपनि तपाई हामी जस्ता नेपाली र सुन्दर नेपाल निर्माणका लागि लडाई लड्दै हुनुन्छ भने हामी साथ किन नदेने” जस्ता कुराले मलाई पनि हो जस्तो लग्यो । थिचोमिचोबाट पिल्सिएको मान्छे म स्वर्गिय सपना सुन्दा उत्साहितनै भय,परिबर्तित सपनाका साथ शोहि दिनदेखि उद्धमा होमिने निधो गरें ।

 लेखक:समाजसेवी तथा युवा नेता माधब के .सी द्वारा लिखित (“हो म पुर्व जनमुक्ति एक सेना “) नामक पुस्तक बाट साभार पहिलो अँस ।

 

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *