Tuesday , 19 September 2017
Home / देश / एमालेले रुपन्देहीको भैरहवा र बुटवलमा सभा गर्ने

एमालेले रुपन्देहीको भैरहवा र बुटवलमा सभा गर्ने

फाल्गुन २९, २०७३   मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेकपा एमालेले आज रुपन्देहीको भैरहवा र बुटवलमा सभा गर्दैछ । हिजो चितवन र नवलपरासीमा सभा गरेको एमालेले आज मध्यान्ह नवलपरासीको भुमईमा आमसभा गर्ने जनाएको छ । त्यसपछि एमालेको टोली रुपन्देहीमा आयोजना हुने दुई वटा सभाका लागि दिउसो १ बजे भैरहवा र अपरान्ह ३ बजे बुटबल जाने उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । सभालाई एमालेका शीर्ष नेताले सम्बोधन गर्ने पौडेलले जानकारी दिनुभयो ।

                                                                         सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायत नेता सहभागी हुने छन् । रुपन्देहीका सभास्थलमा बिहानैदेखि एमाले कार्यकर्ताको  चहलपहल बढेको छ । सम्भावित घटनालाई ध्यानमा राख्दै स्थानिय प्रशासनले सभास्थलमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
Sahabar:Ekantipur

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *