Thursday , 19 October 2017
Home / मनोरंजन / हिरोको जन्मदिन मनाउँदै ‘प्रेमगीत २’ रिलिज मिति घोषणा

हिरोको जन्मदिन मनाउँदै ‘प्रेमगीत २’ रिलिज मिति घोषणा

आशुसेन फिल्मस् को तेश्रो प्रस्तुतीमा निर्माण भएको फिल्म ‘प्रेमगीत २’ को रिलिज मिति घोषणा भएको छ । फिल्म अर्को बर्षको साउन १३ मा विश्वब्यापी प्रदर्शनमा आउनेछ । अभिनेता प्रदिप खड्काको जन्मदिन मनाउँदै निर्माण टिमले रिलिज मिति तय गरेको हो ।
शुक्रबार आयोजित एक प्रेसमिटमा निर्माण कम्पनी आशुसेन फिल्मसले उक्त मितिलाई नेपाल रिलिज डेटको रुपमा तय गरेको हो । अभिनेता प्रदीप खड्काले के काट्दै फिल्मको सफलताको पनि कामना गरे ।
कास्ट एन्ड क्रिउ, परिवार र साथीभाईलार्ई जन्मदिन केक चखाउँदै प्रदीपले फिल्मले दर्शकीय अपेक्षा मिट गर्ने बताए । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो जलवायु परिवर्तन अभिनयमा सक्रिय रहेको उदाहरण दिँदै उनले आफू बागमती सरसफाइ अभियानमा सहभागि हुने बताए ।
निर्माता सेनले प्रेमगीत २ ले नेपाली सिनेमालाई अन्तराष्ट्रिय उचाइमा लैजाने विश्वास व्यक्त गरे भने निर्देशक रामशरण पाठकले नेपाल र म्यानमारलाई जोड्ने काम फिल्मले गर्ने बताए । चलचित्र पत्रकार संघका नवनिर्वाचित अध्यक्ष सन्दीप सापकोटाले निर्माता र पत्रकारबीच विद्यमान लभ–हेट रिलेसनसिप अब लभमा बदलिनुपर्ने खाँचो औंल्याएका थिए ।
सांगितिक प्रेमकथा बोकेको फिल्ममा प्रदिपको अपोजिटमा अश्लेषा ठकुरी छिन् ।

Check Also

बेलायत पुगेर टेरिया मगरले देखाइन यस्तो दमदार डान्स हेर्नुहोस >>>{भिडियो सहित}

दोस्रोपटक बेलायत आएकी डान्स इन्डिया डान्स र झलक दिखलाजाकी विजेता नेपाली चेली टेरिया मगरले सारा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *