Tuesday , 19 September 2017
Home / देश / युवा नेता सङ्गको कुराकानी :निर्वाचन

युवा नेता सङ्गको कुराकानी :निर्वाचन

लामो समयपछी हुन गइरहेको स्थानिय निकायको निर्वाचनको  संबन्धमा एक युवा नेता सङ्गको कुराकानी।

 

*माधबजी आरामै हुनु हुन्छ ?
व्याक्तीगत रुपमा भन्नुपर्दा ठिक छु ।
*अरु तेस्तो के कुराले र कसले असन्तुष्टि बनायो ?
धेरै विषयहरु छन् जुन नितान्त सामाजिक र राजनीतिसंग जोडिएका छन् । तेसमा म एक राजनीतिमा चासो राख्ने युवा भयकैले होला नेपालका राजनीतिक दलहरु सँगको असन्तुस्टी हो मेरो ।
*तेस्तो के कुराले तपाईलाई राजनीतिक दल सँग असन्तुष्टि बनायो ?
आजका युवाहरु हाम्रा राजनीतिक दलसंग असन्तुस्ट हुनुको पछाडी धेरै कारणहरु छन् । त्यस्मध्य एक जुन नेपालका राजनीतिक दलहरुले युवाहरुलाई प्रयोगको रुपमा लिने प्रचलन जस्तै बसिसकेको छ , येसमा मेरो अलि बढी असन्तुस्टी हो ।
*भनेपछि युवाहरुलाई नेताहरुले प्रयोगका रुपमा लिने गरेका छन् भन्न खोज्नुभाको ?
होइन एहाँ नेता विषय भन्दापनि राजनीतिक दलहरु सँगको कुरा गर्दै छु म ।
*तेसोभय राजनीतिक दलहरुले गर्ने के त ?
हेर्नोस नेपालमा १०० भन्दा बढी राजनीतिक दलहरु छन् र मैले खासमा तेस्तो पार्टी भेटेन जसले
युवाको विषयमा तेस्तो ठोस योजना अगाडी सरेको छ , र पनि आज त प्रचलन जस्तो भैसक्यो कि
एक न एक पार्टीको पछि लग्नै पर्ने । विस्तारै एस्तो प्रचलन हट्नेछ। त्यसैले राजनीतिक दलहरुले
अवपनी युवालाई प्रयोग होइनकी परिचालन गर्नुपर्छ भन्ने मेरो भनाइ हो ।

*युवाहरु कामको सिलसिलामा युवाहरुलाई हाम्रा अग्रज नेताहरुले परिचालित गर्न सक्नुपर्छ र स्वयम युवापनी प्रयोग हुनबाट जोगिनु पर्दछ । दोस्रो कुरा जुन युवाहरु विदेश पलायनको कुरा गर्नु भो हाम्रो असन्तुस्ट येहिनेरा हो । जुन देशमा ६०% विकासनिर्माणको काम गर्न बाँकि छ तेही सुन्दर देश प्राकृतिक सम्पदाले भरिपुर्ण रहेको देशका ४० लाख नौजवान उर्जासिल युवाहरु मरुभूमिलाई स्वार्ग बनाउन पसिना बगाउन बाध्य भयका छन् । आज सामान्य जीवन गुजारा गर्नकै लागि विदेशी मरुभूमिमा पसिना बगाउनु पर्ने हाम्रो बाध्यता भैसक्यो जसको दोस म सरकार संचालक र यहाका हाम्रा राजनीतिक दल हरुकै कारण आज हाम्रा युवाले दु:ख पाउन परिरहेको छ भन्ने मेरो भुझई हो । जसको हल छिटै खोजिनु पर्छ ।

*अन्न्य देशका नगरिकपनि त कामको लागि विदेसजाने गर्दछन् । अनि तपाइले विदेस जानु हुदैन भन्ने कुरा मिल्लार ?
होइन होइन विस्व Globlization भैसकेको अवस्थामा कुनैपनि( कानुनीरुपमा मान्य ) उदेश्यका लागि एकदेशबाट अर्को देश जानु अस्वभाविक होइन मैले भन्न खोजेको कुरा के हो भने जुन आज हाम्रा युवाहरु असुरछित कामको लागि मात्र लाने गरिन्छ तेसोनभएर सक्ष्य्म टेक्निकल युवाहरु सम्मानजनक कामको लागि जानु पर्दछ र यस्ता खालका Menpower Product गर्न नसक्नुमा म राज्यको ठुलै दोस देख्दछु ।
*माधबजी प्रसङ्ग बदलौ अब स्थानिय निकायको निर्वाचनमा तपाईहरुको हरुको भूमिका कस्तो रहने छ ?
हाम्रो भूमिका कस्तो रहने भन्दापनि हामी कसरि प्रस्तुत हुने भन्ने कुरा महत्तोपुर्ण हो । र हामी एस्तै कुरालाई उझागर गर्दै बर्तमानमा देखिएका समस्या पहिलाउदै समाधान गर्न चाहन्छैा । जुन अब स्थिनिय तहबाटै सुरु गर्नु पर्दछ भन्ने हाम्रो भुझई हो ।
*अनि कसले सुरु गर्ने त ?
हामी युवाहरुले तेसैले त हामी भन्ने गरेको छाै कि अब स्थानिया निर्वाचनमा युवाको सहभागिता मात्र नभई युवाले नेत्रित्तो लिन सक्नु पर्दछ भन्ने हाम्रो भुझई हो ।
*तपाईहरु (युवा) नेत्रित्तोमा आएपछि गर्छन नै भन्ने के त ?
हेर्नोस हामी अहिले पनि सुनिस्चित्ता खोजिरहेकै छैा र म स्पस्ट पार्दछु कि स्थानिय तहको नेत्रित्तो युवामा आयो भने ५ वर्ष भित्रमा तेहाका नागरिकले पूर्ण रुपमा परिबर्तनको महसुस गर्ने गरि काम गर्न सक्दछौ ।त्यो जुन पालिका नमुना पालिका बन्ने छ । यो मेरो प्रतिबद्धता हो ।
*तेस्तो के छ माधबजी युवाहरुमा ?
युवामा नया सोच छ , नया विचार छ ,जोस ,जागर छ ,योजना छन् जसले मात्र अहिले बनेका संरचनालाई पूर्ण रुपमा अन्तर्राष्ट्रिय पद्दति अनुसारकै रुपमा विकास गर्न सक्छ ।
*केही योजना हरु ?
योजनाहरु केहि नभयर धेरै छन् त ।धेरै समस्याले गर्दा नै धेरै योजना वनेका हुन् ।त्यसमध्यको हाम्रो पिडा आजका युवाहरु असुरक्षित् घिडित कामका लागि विदेशिनु पर्ने जुन अवस्था छ हाम्रो पहिलो चिन्ता भन्नुस या पिडा यहिनै हो। हेर्नोस वाध्यतावस युवा पलाएनको लहरले पुरै गाउँ नै खाली हुने अवस्ता छ । यो बर्तमानमा देखिएको ठुलै समस्या मध्ये १ हो। त्यसैले हामी भनेका छैा बनेका स्थानिय निकायको संरचना अन्तर्गत १ गाउँपालिका भित्र १ सिपमुलक तालिमकेन्द्र संचालन गर्नु पर्दछ ।
१ गाउँपालिका भित्रै पनि माध्यमिक तहका बिद्यालयहरु सकिन्छ सबैजसो नभयपनि १मा प्राभिधिक एस.इ.इ अन्तर्गत (क्रिसी ,भेटनरी ,इलेक्त्रिकल ) जस्ता विषय अध्यापन गराउने ।
गाउँपालिका पालिका भित्रका सम्मंव्यता अध्यन गरि युवाहरुलाई तालिम मार्फत त्यसक्षेत्रमा लगाउने जस्ता धेरै योजनाहरु छन् ।
*भनेपछि तपाईहरु स्थानिय निकायमा भाग लिने ?
अवस्य हामी त भाग लिने मात्र नभई स्थानिय तह हरुको नेत्रित्तो युवाले लिनु पर्दछपो भनिरहेका छैा त (चाहे त्यो कुनै पनि पार्टीको युवा किन नहोस् )
*ती लामो समय राजनीतिमा खारिएका पुराना नेताहरुलाई केही गर्न सक्दैनन् भन्न मिल्ला त ?
तेसो भन्न खोजिएको बिल्कुल होइन । तपाईको भाषामा भन्दा उहाहरु खारिनु भयको छ Capable हुनु हुन्छ होला खै त उहाहरुले काम गरेको ग्रामिण भेगको कुरा गर्दा गाउँमा बसेर २०अौँ वर्स खरिएका मानिने नेताहरुले काम गरेको खै त । हेर्नोस हामी जन्मियर जान्ने भैसके पछि देखेका समस्या आजपनि जिउकातिउ छन् , ।अज झनझन नयाँ समस्या थपिदै छन् अनि त्यहाँ बसेर राजनीति गर्ने नेताहरुलाई कुन अधारमा खारिएका भन्न मिल्छ मलाई भन्नुहोस त ।
*हैन राजनीति भुझेका त छन् नि होइन ?
हेर्नोस राजनीति बुझ्नु र काम गर्नु फरक कुरा हो ,र म राजनीति बुझ्नुलाई मात्र महत्तोपुर्ण मान्दैन ।
*अन्तमा भनिदिनुहोस तपाइले नेत्रिर्त्तो गर्नु भयको हिन्दु युवा मन्च नेपाल कुन अधारमा स्थानीय निकायमा भाग लिने छ ?
विचार मिल्ने सँग एकता गरेर या स्वतन्त्र रुपमा भयपनी हामी फिल्डमा जान्छौँ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *