Thursday , 19 October 2017
Home / देश / प्रहरी महानिरीक्षक नियुक्तिः१५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश

प्रहरी महानिरीक्षक नियुक्तिः१५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश

 

काठमाडौं, चैत ३० । प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतले १५ दिनभित्र लिखितरुपमा कारण पेस गर्न सरकारको नाममा आदेश दिएको छ ।

डीआईजी नवराज सिलवालको रिटमाथि बुधबार भएको सुनुवाइपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो । सरकारको जवाफ आएपछि पूर्ण इजलासमा सुनुवाइअघि बढाउने निर्णय पनि अदालतले गरेको छ ।

गत सोमबार राति मन्त्रिपरिषदको बैठकले कार्यसम्पादन मूल्यांकनको आधार भन्दै प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।
महानिरीक्षकका अर्का दाबेदार सिलवालले सर्वोच्चको परमादेशको पालना नभएको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *