Tuesday , 19 September 2017
Home / देश / मधेसी मोर्चा र संघीय गठबन्धनद्वारा निर्वाचन केन्दित आन्दोलन घोषणा,, बैशाख तेस्रो हप्ता देखि बन्दै बन्द !

मधेसी मोर्चा र संघीय गठबन्धनद्वारा निर्वाचन केन्दित आन्दोलन घोषणा,, बैशाख तेस्रो हप्ता देखि बन्दै बन्द !

 

काठमाडौं, वैशाख ३ ।
मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।
संबिधान संशोधन गर्न नखोजिएको भन्दै स्थानीय निर्वाचनकै विरुद्धमा आन्दोलन घोषणा गर्दै उनीहरुले चुनाव गर्न नदिने उद्घोष गरेका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै मोर्चाका नेताहरुले बैशाख ५ गतेदेखिको आन्दोलनको कार्यक्रम सार्वजनिक गरे । उनीहरुले चुनाव बिथोल्ने उद्देश्यसहित मधेश, थरुहट, लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मका कार्यक्रम घोषणा गरेका छन् ।मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने बताइएको छ ।

बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुसकाकार्यक्रम छन् । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने जनाइएको छ । चुनावमा उम्मेदवारी दर्ता गर्ने दिन बैशाख १६ गतेसमेत बन्दको घोषणा गरिएकाे छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *