Tuesday , 17 October 2017
Home / खेलकुद / च्याम्पियन्स लिग फुटबलमा आज रियाल म्याड्रिड र बायर्न म्युनिख,,लिचेस्टर सिटी र एथलेटिको म्याड्रिड भिडदै ।

च्याम्पियन्स लिग फुटबलमा आज रियाल म्याड्रिड र बायर्न म्युनिख,,लिचेस्टर सिटी र एथलेटिको म्याड्रिड भिडदै ।

यूरोपको सर्बाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलमा आज रियाल म्याड्रिड र बायर्न म्युनिख तथा लिचेस्टर सिटी र एथलेटिको म्याड्रिड भिडदै छन् । क्वाटर फाइनलको यो दोस्रो लेग बाट अन्तिम चारमा पुग्ने दुइ टोलीको टुंगो लाग्नेछ । रियाल म्याड्रिड ले आज घरेलु मैदानमा जर्मन लिग लिडर बायर्न म्युनिखको सामना गर्नेछ । पहिलो लेगमा दुइ एक को अग्रता लिएको रियलले आज बराबर अथवा एक सुन्यको पराजय सम्म बेहोर्दा अन्तिम चारको यात्राबाट बाहिरिनु पर्ने छैन । आफ्नो टोलिका एक खेलाडीले रातो कार्ड खाएको फाइदा उठाउदै पहिलो लेगमा रियलले गरेको दुइ गोलको बदला लिने सोचमा हुनेछ जर्मन टोलि भने घरेलु मैदानमा आत्मा बिस्वाश्का साथ् उत्रनेछ रियाल म्याड्रिड ।

त्यस्तै अर्को खेलमा इंग्लिश क्लब लिचेस्टर सिटीले स्पेनको एथलेटिको म्याड्रिडको सामना गर्नेछ । पहिलो लेगमा एथलेटिको म्याड्रिडको घरेलु मैदानमा मात्र एक सुन्यले पराजय बेहोरेको लिचेस्टरले दरिलो चुनौती पेश गर्ने अपेक्षा गरिएको छ । खेल नेपाली समय अनुसार राती १२.३० मा सुरु हुनेछ । अर्को क्वाटर फाइनलका खेलहरु भोलिराती हुनेछन । भोलिका खेलमा मोनाको र बोर्सिया डर्टमुण्ड तथा बार्सिलोना र जुभेन्ट्स भिड्ने छन् ।

Check Also

विश्व क्रिकेट लिग:नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

  असोज ३० / खगेन्द्र खरेल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *