Tuesday , 17 October 2017
Home / खेलकुद / दुवै स्पेनिस क्लब रियल म्याड्रिड र एथलेटिको म्याड्रिड च्याम्पियन्स लिग फुटबलको सेमी फाइनल प्रबेस ।

दुवै स्पेनिस क्लब रियल म्याड्रिड र एथलेटिको म्याड्रिड च्याम्पियन्स लिग फुटबलको सेमी फाइनल प्रबेस ।

 

बैशाख ६,काठमान्डू ।
स्पेनका दुइ क्लब रियल म्याड्रिड र एथलेटिको म्याड्रिड च्याम्पियन्स लिग फुटबलको सेमी फाइनल प्रबेस गरेका छन् । गए राती सम्पन्न क्वाटर फाइनल दोस्रो लेगमा रियलले जर्मन क्लब बायर्न म्युनिखलाई तथा एथलेटिको म्याड्रिडले इन्ग्लिश क्लब लिचेस्टर सिटी लाइ रोक्दै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

निर्धारित नब्बे मिनटको खेलमा दुइ एकले पराजय भए पनि पहिलो लेगमा दुइ एकको जित हात परेको रियलले बायर्न म्युनिख लाइ पाखा लगाउन अतिरिक्त समयको खेल कुर्नु परेको थियो । ५३औ मिनटमा म्युनिखका रोबर्ट लेवानडोसकीले पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि रोनाल्डोले ७६औ मिनटमा हेड गोल गर्दै खेल बराबरीमा फर्काएका थिए तर रियलका सर्जियो रामोसले ७८औ मिनटमा आत्माघाती गोल गर्दा म्युनिख दुइ एकले अघि परेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
अर्टुरो भिडाल रातो कार्ड खाएर मैदान बाहिरिए पछि दबाबमा आएको म्युनिख विरुद्ध क्रिस्टियानो रोनाल्डोले पुनः अतिरिक्त समयको एक सय पाचौ तथा एकसय दशौ मिनटमा लगातार दुइ गोल गरेपछि म्युनिखको चुनौती सकिएको थियो । अर्को एक गोल मारको एसेंसियोले थपेका थिए । समग्रमा ६ तिन को जित सगै रियल अन्तिम चारमा पुग्न सफल भयो ।

अर्को खेलमा एथलेटिको म्याड्रिड र लिचेस्टर सिटीले एक एक गोलको बराबरी खेलेपछि पहिलो लेगमा एक सुन्यको जित हात परेको एथलेटिको म्याड्रिडले समग्रमा दुइ एक को जित सगै अन्तिम चारमा स्थान सुनिस्चित गर्यो ।

Check Also

विश्व क्रिकेट लिग:नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

  असोज ३० / खगेन्द्र खरेल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *