Sunday , 24 September 2017
Home / Uncategorized / स्थानिय निर्बाचन हुनेमा आशंका,,सरकार र आन्दोलनकारी बिचको दुरी बढदो !

स्थानिय निर्बाचन हुनेमा आशंका,,सरकार र आन्दोलनकारी बिचको दुरी बढदो !

 

बैशाख ५, काठमान्डू,,
देशको पछिल्लो अवस्थामा तोकिएकै मिति बैशाख ३१ मा स्थानिय निर्बाचन हुनेमा शंका पैदा भएको छ । सरकार र आन्दोलनकारी बिचको दुरी बढे पछि खास गरि मोर्चा र गठबन्धनले केहि दिन अघि निर्बाचन बिथोल्ने गरि गरेको आम हड्ताल सहितको आन्दोलनको कार्यक्रमले बैशाख ३१ मै एकै चरणमा निर्बाचन हुने हो वा दुइ चरणमा हुने भन्ने अन्योल बढेकै बेला पछिल्लो समय गृह मन्त्रि निधिको टुइटले थप अन्योल सिर्जना गरेको हो यधपी निधिले निएबाचन हुनेमा शंका गर्नु नपर्ने भनेर स्पष्ट पर्नु भएको छ ।

निर्बाचन मिति नजिकै गर्दा पूर्वमा आन्दोलनरत लिम्बुवान संगठनहरुले चुनाव बिथोल्ने कार्यक्रम सहितको आन्दोलन घोषणाले निर्बाचन अझै अनिश्चित हुदै गएको छ । लिम्बुवान संगठनहरुले पूर्वका ९ जिल्लामा वैशाख ५ गते जिल्ला सदरमुकाम सहित प्रमुख स्थानमा मशमल जुलूश, ७ गते लाठी र सिटी जुलूश, १५ गते मधेश, थरुहट र लिम्बुवान बन्द, १६ गते नेपाल बन्द, तथा २७ गतेबाट अनिश्चितकालीन नेपाल बन्दको आह्वान गरेको छ । घटकले मधेसी मोर्चा तथा गठबन्धनसंघ सहकार्य गरेर आन्दोलन चर्काउने उद्घोष गरेको छ ।
निर्बाचन मिति घोषणा सगै आयोगले सबै तयारी गरिरहेको तथा प्रमुख दलहरु निर्बाचन केन्द्रित कार्यक्रममा ब्यस्त हुदै गर्दा अर्को तर्फ़ मधेसी मोर्चा,संघिय गठबन्धन अनि लिम्बुआनको आन्दोलनले घोसित मितिमै निर्बाचन हुने हो वा दुइ चरणमा हुने हो या हुदै नहुने हो भनेर अन्योल को स्थिति पैदा भएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *