Sunday , 22 October 2017
Home / खेलकुद / च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेल हुदै,बार्सिलोना दबाबमा ।

च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेल हुदै,बार्सिलोना दबाबमा ।

काठमाडौं, वैशाख ६ ।
युरोपको सर्बाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलमा आज बार्सिलोना र इटालियन लिग लिडर जुभेन्ट्स आमने सामने हुदैछन । क्वाटर फाइनलको पहिलो लेगमा जुभेन्ट्स सग तिन सुन्यको अप्रत्यासित पराजय भोगेको बार्सिलोनाले आज आफै घरेलु मैदानमा त्यस नतिजालाइ उल्टाउदै अन्तिम चारको यात्रा तय गर्न भारी दबाब हुनेछ । हुनत बार्साले प्रि क्वाटर फाइनलमा पनि पी एस जी लाइ स्तब्ध बनाउदै अप्रत्यासित नतिजा निकालेको थियो ।

त्यस्तै अर्को खेलमा फ्रान्सको मोनाकोले जर्मन क्लब बोर्सिया डर्टमुण्डसग खेल्नेछ । पहिलो लेगमा बोर्सियाको घरेलु मैदानमा तिन दुइको जित निकालेको मोनाको ले आजको खेललाई बराबरी वा एक सुन्यको पराजय बेहोर्दा सम्म उसको सेमी फाइनलको यात्रा रोकिने छैन । खेल नेपाली समय अनुसार राति १२.३० मा सुरु हुनेछ । यस अघि गएरातिको खेलबाट रियाल म्याड्रिड र एथलेटिको म्याड्रिड सेमी फाइनल प्रवेश गरि सकेका छन् ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *