Sunday , 24 September 2017
Home / खेलकुद / इन्डियन प्रिमियर लिग (आइ पी एल) क्रिकेटमा मुम्बई द्वारा पन्जाब पराजित, हसिम अमलाको सतक काम लागेन।

इन्डियन प्रिमियर लिग (आइ पी एल) क्रिकेटमा मुम्बई द्वारा पन्जाब पराजित, हसिम अमलाको सतक काम लागेन।

 

बैशाख ७,काठमान्डू / मनिष उप्रेती।
इन्डियन प्रिमियर लिग (आइ पी एल ) क्रिकेटमा मुम्बई इण्डियन्स द्वारा किंग्स एलेभेन पन्जाब आठ विकेटले पराजित भएको छ । एक सय ९९ रनको चुनौती पछ्याएको मुम्बईले चार ओभर तिन बलको खेल बाँकि छदै मात्र दुइ विकेट गुमाएर लक्ष्य भेटाएको हो । उसको जितमा जोसेफ बटलरले ३७ बलमा ७७ रनको विस्फोटक पारि खेलेका थिए। नितेस रानाले ६२ रनको योगदान दिए। पार्थिभ पटेलले ३७ रन बनाए।

यस अगि टस हारेर पहिले ब्याटिंग गरेको पन्जाबले हसिम अमलाको एकसय ४ रनको मद्दतले २०ओभरमा एक सय ९८ रन बनाएको थियो । उनले सतक बनाए पनि टिमको पराजय भने टार्न सकेनन । ग्लेन म्याक्सवेलले ४० रनको योगदान दिए । जारि सिजनको छ खेलमा पाँच खेल जितेर मुम्बई तालिकाको शिर्ष स्थानमा पुगेको छ । छ खेलमा दुइ जित ४ मा पराजय भोगेको पन्जाब पाँचौ स्थानमा छ ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *