Tuesday , 19 September 2017
Home / देश / कांग्रेसको घोषणापत्र तयार,मस्यौदा छलफल निम्ति वितरण ।

कांग्रेसको घोषणापत्र तयार,मस्यौदा छलफल निम्ति वितरण ।

बैशाख ७, काठमान्डू/ खगेन्द्र खरेल
नेपाली कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य संयोजकत्वको घोषणापत्र तयारी समितिले आफूले तयार पारेको मस्यौदा आइतबारसम्म टुंगो लगाउने गरी छलफल तथा सुझाव निम्ति बुधबार पार्टीको केन्द्रीय नेतृत्वलाई वितरण गरेको छ। कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र तयार पारेको हो ।

घोषणा पत्रमा एमाले प्रति आक्रामक बनेको कांग्रेसले प्राय सबै दलको आलोचना गर्दै ‘एक परिवार एक रोजगार’, ‘युवाको लक्ष्य सीप र दक्ष’ जस्ता नीति र कार्यक्रमलाई स्थानीय सरकारका माध्यमबाट सञ्चालन गर्ने घोषणाका साथ् तीनवटा मुख्य खण्ड, १२ उपखण्ड र ४ अनुसूची गरी ३४ पृष्ठ लामो घोषणा पत्र तयार परेको छ ।
नेपाललाई आगामी १२ वर्षभित्र मध्यम आय भएको गतिशील राष्ट्र बनाउने घोषणा पनि कांग्रेसले गरेको छ। यसका लागि कम्तीमा एक दशकसम्म ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै प्रतिवर्ष पाँच लाख रोजगार सिर्जना गर्ने भनिएको छ।

ब्यापक सामाजिक सुधारको प्रतिबद्ता ब्यक्त गर्दै कांग्रेसले युवा उद्यम चुनौती कोष स्थापना गरी १६ देखि ४५ वर्षसम्मका लाई २५ प्रतिशत आफ्नै लगानी, २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋण सहयताको व्यवस्था गर्ने,पर्यटन क्षेत्रको विकाससँगै कृषि क्षेत्रको आधुनिकीरण र उत्पादन वृद्धिका लागि ‘जल, जमिन, जंगल, जडिबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार’ भन्ने मान्यतामा समुदायको सहभागिता सुनिश्चित गर्ने,प्रत्येक गाउँमा एकीकृत जेष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने र उनीहरूको सेवासुविधा वृद्धि गर्ने,एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान, एक वार्ड एक बुलेटिन कार्यक्रम लागू गर्ने पनि उसले घोषणा पत्रमा उल्लेख गरेको छ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *