Monday , 25 September 2017
Home / देश / मधेस केन्द्रित छ दलबीच एकताको घोषणा ,नाम राष्ट्रिय जनता पार्टी रहने ।

मधेस केन्द्रित छ दलबीच एकताको घोषणा ,नाम राष्ट्रिय जनता पार्टी रहने ।

 

बैशाख ७,काठमान्डू / नबिन नेपाल सम्बाददाता ।
मधेस केन्द्रित छ दलबीच एकताको घोषणा भएको छ । घोषणा सगै पार्टीको नाम राष्ट्रिय जनता पार्टी रहने र चुनाब चिन्ह छाता हुने बताइएको छ ।
महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकिकरण भएको हो ।

राजधानीको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा छ पार्टी एकिकरणको घोषणा भएको हो ।
बिहीबार राति अबेर सम्म चलेको एकता बैठक पछि नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए । एकीकरण पछि छ वटै दलका अध्यक्ष रहने गरी अध्यक्ष मण्डल बनाइएको छ । यहि अध्यक्ष मण्डलनै पार्टीको सर्बोच्च निकाय हुनेछ ।

त्यस्तै आजै विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच एकीकरण भएको छ । एकीकरण पछि पार्टीको अध्यक्ष गच्छदार नै रहनेछन् भने थारुले सहअध्यक्षको जिम्मेवारी पाउने छन् ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *