Thursday , 19 October 2017
Home / देश / मन्त्रि परिषद बैठक,काभ्रे पाचखालका १८ बर्षीय अजित मिजार तिवारीको परिवारलाई दश लाख दिने निर्णय,मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट ।

मन्त्रि परिषद बैठक,काभ्रे पाचखालका १८ बर्षीय अजित मिजार तिवारीको परिवारलाई दश लाख दिने निर्णय,मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट ।

काठमाडौं, वैशाख ७ / खगेन्द्र खरेल ।
सरकारले काभ्रेको पाँचखालका हत्या भएका १८ बर्षीय अजित मिजार तिवारीको परिवारलाई दश लाख दिने निर्णय गरेको छ । आज बसेको मन्त्रि परिषद बैठकले उक्त निर्णय गरेको हो । गत असार २९ गते घरबाट हराएका उनको असार ३० गते धादिङको गजुरी खोलामा शव फेला परेको थियो । त्यस्तै बैठकले महोत्तरीको बर्दिवासमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको छ ।

त्यसै गरि प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका लागि स्वीकृती दिएको छ । बैठकले यूरोपियन यूनियनलाई जग्गा खरिदका लागि अनुमति दिने निर्णय पनि गरेको छ । यस्तै नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले सिन्धुलीको दुम्जामा बीपी कोइराला स्मृति पार्क र रामेछापमा पुष्पलाल पार्क निर्माण गर्ने निर्णय गरेको छ भने वायुसेवा निगमको वाइड बढी खरिदका लागि जमानी बस्न पनि सरकार तयार भएको छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *