Sunday , 22 October 2017
Home / Uncategorized / बरुण नदीमा आएको बाढीले अरुण नदी थुनियो,पुरै गाउँ जोखिममा ।

बरुण नदीमा आएको बाढीले अरुण नदी थुनियो,पुरै गाउँ जोखिममा ।

 

वैशाख ८, २०७४ / नबिन नेपाल सम्बाददाता ।
बरुण नदीमा आएको बाढी पहिरोका कारण अरुण नदी थुनिएको छ । संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । नदी थुनिए पछि करिब तिन किलोमिटर लामो ताल बनेको छ ।
बिहिबार बेलुका देखि नदी थुनिन सुरु भएको बताइएको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुण नदीलाई छेके पछि बनेको तालका कारण त्यस क्षेत्रका करिब ६ दर्जन घर परिवार जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार त्यस क्षेत्रमा उद्दारका लागि प्रहरी सहित नेपाली सेना पनि खटिइसकेको छ ।
यसै बीच उप प्रधान तथा गृह मन्त्रि बिमलेन्द्र निधिले अरुण नदीमा थुनिएको पानी सावधानीपूर्वक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। पहिरोका कारण चीनसँगको नाका किमाथाङ्का जाने बाटोसमेत बन्द भएको गृह मन्त्रालयले जनाएको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *