Sunday , 24 September 2017
Home / खेलकुद / एल क्लासिकोको लडाई बार्सिलोनाले जित्यो ,उपाधि माथि दुबैको सम्भाबना जिवितै ।

एल क्लासिकोको लडाई बार्सिलोनाले जित्यो ,उपाधि माथि दुबैको सम्भाबना जिवितै ।

 

बैशाख ११ / खगेन्द्र खरेल ।
बार्सिलोना द्वारा रियल म्याड्रिड पराजित भएको छ । एल क्लासिकोको भिडन्तमा तिन दुइले बिजयी भएपछि बार्सिलोना स्पेनिस ला लिगाको तालिकामा रियल सगै समान ७५ अंक सहित गोल अन्तरका आधारमा शिर्ष स्थानमा पुगेको छ । बार्सा भन्दा एक खेल कम खेलेको रियलले आगामी बुधबार डिपोर्टीभो लाइ उसको घरमा हराएमा पुनः शिर्ष स्थान कब्जा गर्नेछ ।

बार्सिलोनाको जितमा उसका स्टार खेलाडी लियोनल मेस्सी नायक बने । बार्साले एक सुन्यले पछि परेको स्थिति उल्टाउदै तिन दुइको जित आत्मासात गरेकको हो । दुइ गोल मेस्सीले गरे भने एक इभान रयाकटिकले गरेका हुन् । रियलले २८औ मिनटमा कासमिराको गोलले अग्रता लिएको थियो तर मेस्सिले ३३औ मिनटमा बराबरी गोल फर्काए । इभान रयाकटिकले ७३औ मिनटमा गोल गरेपछि पछि परेको रियलका लागि जेम्स रोड्रीगेजले ८६औ मिनटमा बराबरी गोल फर्काए पनि मेस्सिले अन्तिम इन्जुरी समयको दोस्रो मिनटमा ८१ हजार ४४ जाना घरेलु दर्सकलाई स्तब्ध पार्दै निर्णायक गोल गरेका थिए ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *