Tuesday , 19 September 2017
Home / Uncategorized / फ्रांसमा राष्ट्रपति चुनावको लागि मतदान, ११ उम्मेदवार मैदानमा ।

फ्रांसमा राष्ट्रपति चुनावको लागि मतदान, ११ उम्मेदवार मैदानमा ।

 

बैशाख १०, काठमान्डू / नबिन नेपाल सम्बाददाता ।
फ्रांसमा राष्ट्रपति चुनावको लागि आज मतदान मतदान भैरहेको छ । मतदान लाइ मद्देनजर गर्दै सुरक्षा ब्याबस्था कडा पारिएको छ । स्थानीय समयानुसार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो ।फ्रान्समा गत बिहिबार आतंकबादी आक्रमण भएको थियो,जसका कारण सुरक्षा ब्याबस्था कडा पारिएको हो । आक्रमणको जिम्मा आइएसले लिएको थियो । ५०,००० पुलिसकर्मी सहित ७,००० सैनिक बल निर्बाचन सुरक्षाका लागि खटाइएको छ ।

फ्रान्समा रास्ट्रपति पदको चुनाबमा ११ उमेद्वार मैदानमा छन् । बर्तमान रास्ट्रपति फ्रास्वा ओलाण्ड दोस्रो कार्यकालको लागि उमेद्वार बन्नु भएको छैन। आधुनिक फ्रान्सको इतिहासमा लगातार दोस्रो कार्यकालको लागि रास्ट्रपति पदको उमेद्वार नबन्ने उहा पहिलो रास्ट्रपति हुनुहुन्छ।

Check Also

लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

  ३ असोज / खगेन्द्र खरेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *