Monday , 25 September 2017
Home / देश / मन्त्रिपरिषद बैठक बस्दै, संविधान संशोधन परिमार्जन हुने ।

मन्त्रिपरिषद बैठक बस्दै, संविधान संशोधन परिमार्जन हुने ।

बैशाख १०,काठमाडौं / खगेन्द्र खरेल।
हिजो शनिबार मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोन प्रस्ताव परिमार्जनबारे निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ ।
बैठक आइतबार मध्यान्न बस्ने बताइएको छ ।

हिजो सत्तारुढ दलहरु र मधेसी मोर्चावीच भएको छलफलले संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने र स्थानीय तहको चुनाब दुई चरणका गर्ने सहमति गरेको थियो । सहमति अनिसार तीनवटा प्रदेशको (३,४ र ६ ) चुनाव बैशाख ३१ गते गर्ने र बाँकी चार प्रदेशको (१,२,५ र ७) जेठ ३१ गते हुनेछ । हिजो भएको सहमतिलाई आधिकारिकता दिनका लागि आज मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

यसै बीच नेकपा माओवादी केन्द्रले सरकार र मधेसी मोर्चाबीच भएको सहमति अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले सरकार र मोर्चाबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको हो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *