Monday , 25 September 2017
Home / खेलकुद / स्पेनिश प्रिमियर लिगामा रियल म्याड्रिड र बार्सिलोना भिड्दै,आजको खेल निर्णायक हुन सक्ने ।

स्पेनिश प्रिमियर लिगामा रियल म्याड्रिड र बार्सिलोना भिड्दै,आजको खेल निर्णायक हुन सक्ने ।

 

बैशाख १०, / खगेन्द्र खरेल ।
स्पेनिश प्रिमियर लिगामा आज राति बहुप्रतिक्षित खेलमा उपाधि होडमा रहेका दुइ टिम रियल म्याड्रिड र बार्सिलोना आमने सामने हुदैछन् । ला लिगाको छ खेल बाकि रहदा यी दुइ टिमको भिडन्तले उपाधिको टुंगो लगाउन सक्नेछ ।

एल क्लासिको नामले परिचित आजको खेल रियलको घरेलु मैदानमा बार्सिलोनाले जितेर आफु उपाधिको बलियो दाबेदार रहेको प्रमाणित गर्नु पर्ने छ भने बार्सा भन्दा एक खेल कम खेलेको रियलले जितेमा उसलाई जारि सिजनको उपाधि जित्न मुस्किल नहुने अनुमान गरिएको छ ।

३१ खेल खेलेको रियलको ७५ अंक छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ७२ अंक छ । च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बायर्न म्युनिखलाई हराएको रियल उच्च मनोबलका साथ् हुनेछ भने सोहि प्रतियोगितामा जुभेन्ट्स सग पराजय बेहोरेर बाहिरिएको बार्सिलोना थप दबाबमा हुनेछ । अझ तीन खेलको प्रतिबन्धमा परेका मुख्य स्ट्राईकर नेयमारको अनुपस्तिथी बार्साका लागि घातक हुन सक्छ ।

खेल नेपाली अनुसार राति १२.३० मा सुरु हुनेछ ।

 

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *