Tuesday , 19 September 2017
Home / देश / आज लोकतन्त्र दिवस,२०६२/२०६३ को जन आन्दोलन सफल भएको आज ११ बर्ष पुरा ।

आज लोकतन्त्र दिवस,२०६२/२०६३ को जन आन्दोलन सफल भएको आज ११ बर्ष पुरा ।

बैशाख ११ / नबिन नेपाल सम्बाददाता ।
देशभर आज ऐतिहासिक १९ दिने जन आन्दोलन २०६२/२०६३ सफल भएको एघार बर्ष पुरा भएको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाइदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि आक्रोसित भएका संसदबादी दल र सशस्त्र आन्दोलनमा रहेको नेकपा माओवादीबीचको सहकार्यले जनआन्दोलन सफल भएको थियो ।

मुख्य मागको रुपमा रहेको प्रतिधिसभा पुनस्थापना भएको र कार्यकारी अधिकार जनतालाई फिर्ता गरेको घोषणा राजा ज्ञानेन्द्रले बैसाख ११ गते गरेका थिए त्यसैले आजको दिन विषेस महत्वको छ । १९ दिने लामो जन आन्दोलनमा २५ जानाले सहादत प्राप्त गरेका थिए भने सयौ घाइते भएका थिए ।

सोहि जन आन्दोलनको सफलता सगै त्यसबेलाको माओबादी ससस्त्र आन्दोलन रोकेर शान्ति प्रक्रियामा सामेल भएको थियो । बिद्रोही माओबादि सगको सम्झौता अनुसार संबिधान सभाको निर्बाचन भै संबिधान निर्माण सम्पन्न भएको छ । संबिधान निर्माण सकिए पनि यो कार्यान्वानको चरणमा रहेकोले अझै चुनौती भने सकिएको छैन ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *