Tuesday , 19 September 2017
Home / Uncategorized / इजरायलको हाइफामा सास्कृतिक तथा पर्यटन प्रवर्धन प्रचार-प्रसार कार्यकम भव्यताका साथ सम्पन्न ।

इजरायलको हाइफामा सास्कृतिक तथा पर्यटन प्रवर्धन प्रचार-प्रसार कार्यकम भव्यताका साथ सम्पन्न ।

बैशाख ११ / नबिन नेपाल सम्बाददाता ।

हाम्रो भाषा सस्कृति हाम्रो पहिचान र संसार हो, हामी नेपालीको गौरव,सान अनि जिउने आधार हो । बहु जाती बहु भाषी कला अनि संस्कृति छ हाम्रो, सद्भाव र भाइचारा नै नेपालीको संस्कार हो । जस्ता नारा सहित इजरायलको हाइफामा सास्कृतिक तथा पर्यटन प्रवर्धन प्रचार-प्रसार र्याली कार्यकम भव्यताका साथ सम्पन्न भएको छ ।

इजरायलको लागि प्रर्यटन तथा सांस्कृतिक सद्भावना दुत भगवती बस्नेतको संयोजकत्व तथा इजरायल स्थित नेपाली राजदुतावासको सहयोगमा एन आर एन इजरायलका आइसीसी सदस्य सुवास खरेलको व्यवस्थापनमा बैशाख १० अर्थात २३ अप्रिल २०१७ का दिन आइतबार इजरायलको हाइफामा बृहत सास्कृतिक तथा पर्याटन प्रवर्धन प्रचार-प्रसार र्याली कार्यकम भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रम दुई भागमा विभाजित थियो । पहिलो छोटो औपचारिक कार्यकम थियो भने दोस्रो कार्यक्रममा र्याली गरिएको थियो । कार्यकम दिउसो २ बजेबाट शुरु भएको थियो ।

राष्ट्रिय गीत गाएर शुरु गरिएको औपचारिकं कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका भोज कुमार भट्टराई, झापाली समाज इजरायलका अध्यक्ष गणेश गौतम सागर,कार्यकम संयोजक भगवती बस्नेत, एन आर एनका आइसीसी सदस्य सुवास खरेल,जन सम्पर्क समितिका उपाध्यक्ष राजेन्द्र खनाल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलकी सचिव दिया चापागाईं र कलाकार मंचका सदस्य नुतन भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सावित्रा लुइँटेलले गर्नु भएको थियो ।

दोस्रो भागको कार्यकममा please visit nepal सहित नेपालका सगरमाथा, बुद्ध लुम्बिनी, बिभिन्न पर्यटकीय क्षेत्र पहिचान हुने ब्यानर सहित, नेपालका झण्डा फहराउदै बिभिन्न स्लोगनहरु लेखिएका प्ले कार्ड बोकेर नेपाली पोशाकमा सबै लामबद्ध भएर नेपाली लोक गीत गाउदै, बजाउदै नाच्दै सहभागी भएका थिए ।
कार्यक्रम सफलता पुर्बक सम्पन्न भएकोमा आफु उत्साहित भएको साथै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिदै अन्य देश हरुमा पनि गर्न सके आफ्नो देश नेपालको पर्यटन बिकाशमा टेवा पुग्ने इजरायलको लागि प्रर्यटन तथा सांस्कृतिक सद्भावना दुत तथा कार्यक्रम संयोजक भगवती बस्नेतले बताउनु भयो ।

Check Also

लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

  ३ असोज / खगेन्द्र खरेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *