Tuesday , 19 September 2017
Home / देश / निर्बाचन नजिकिदै गर्दा झापामा चुनावी सरगर्मी बढ्यो, जिल्लाको दक्षिणी झापा गाउँ पालिकामा चार पक्षीय भिडन्त, माओबादीलाई फाइदा ।

निर्बाचन नजिकिदै गर्दा झापामा चुनावी सरगर्मी बढ्यो, जिल्लाको दक्षिणी झापा गाउँ पालिकामा चार पक्षीय भिडन्त, माओबादीलाई फाइदा ।

 

बैशाख ११, नबिन नेपाल ब्युरो । स्थानीय निर्बाचन बिशेष ।
सरकारले आन्दोलनरत मोर्चा र गठबन्धन सग गरेको सहमति अनुसार अब झापामा आगामी जेठ ३१ गते स्थानिय तहको निर्बाचन हुने भएको छ । निर्बाचनको मिति केहि हेरफेर भए पनि चुनावी सरगर्मी भने झापा गाउँ पालिकामा बढेको छ । क्षेत्रमा सबै राजनीतिक दल सक्रिय भएका छन् । भारतको बिहार राज्य सग सिमाना जोडिएको झापा जिल्लाको पुरानो सदरमुकाम रहेको सो क्षेत्रमा खास गरि नेपाली कांग्रेस, एमाले, माओबादि र मधेश बादी दल बीच चार पक्षीय भिडन्त हुने बताइएको छ ।

पुरानो तिन वटा गा बि स, शरनामति, टाघनडुब्बा र कुमारखोद मिलेर नया बनेको झापा गाउँ पालिकामा मतदातालाई रिजाउन राजनीतिक दल कम्मर कसेर लागेका छन् । उमेद्वार छनौटका हिसाबले माओबादि केन्द्रले सबैलाई उछिनिसकेको छ । उसले अध्यक्ष उपाद्यक्ष सहित सबै वाडमा उमेद्वार घोषणा गरि सकेको छ । अध्यक्षमा स्थानिय युबा समाजसेबी रुद्र बजगाईंलाइ माओबादि केन्द्रले उमेद्वार बनाएको छ । उहा स्थानिय स्तरमा लोकप्रिय हुनका साथै निडर स्पस्ट बक्ता तथा समाज सेवामा समर्पित रहने ब्याक्तित्व रहेको बताइएको छ । उपाध्यक्षमा माओबादि केन्द्रले पवित्रा राजबंशीलाइ उमेद्वार बनाएको छ ।

१९ हजार ५ सय ४८ मतदाता रहेको सो गाउँ पालिकामा नेपाली कांग्रेसले जयनारायण शाहालाइ अध्यक्षको उमेद्वार बनाए पनि उपाध्यक्ष सहित अन्य उमेद्वार भने आन्तरिक मतभेदका कारण छनौट गर्न नसकेको बताइएको छ । त्यसै गरि एमालेले गजेन्द्र ताम्ली लाइ अध्यक्षको उमेद्वार बनाएको छ । उपाध्यक्षको टुंगो लाग्न बाकि रहेको छ । आदिबासी गनगाई, राजबंसी,मुस्लिम बाहुल्य यो गाउँ पालिकामा हालै एकीकृत भएको मधेसी मोर्चाले आफ्नो उमेद्वार छनौट गरि नसके पनि निर्बाचनमा सहभागी हुने भएपछि उसले खास गरेर कांग्रेसको परम्परागत भोटमा चोट पुर्याउने र त्यसको फाइदा माओबादि केन्द्रलाई हुने स्थानीय एक कांग्रेसी नेताले नाम नबताउने सर्तमा बताए ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

एउटा प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *