Monday , 25 September 2017
Home / देश / संविधान संशोधन प्रस्ताव संसद्‍मा पेस,एमालेको आपत्ति ।

संविधान संशोधन प्रस्ताव संसद्‍मा पेस,एमालेको आपत्ति ।

 

बैशाख ११ / खगेन्द्र खरेल ।
सरकारले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ व्यवस्थापिका–संसद् बैठकमा पेस गरेको छ । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को सोमबारको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत गर्दै संविधान कार्यान्वयन प्रक्रिया सहज बनाउन र संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन ल्याइएको बताउनुभयो ।
कानुन मन्त्रीले संसोधन पेस गर्नु अघि संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले प्रस्तुत गरेको विरोधको सूचनालाई संसद्को बहुमतले अस्वीकृत गरेको थियो । संसद्को अर्को बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ ।

उता एमालेले भने सरकारले संविधान संशोधनका लागि ल्याएको पछिल्लो प्रस्ताव विगतकोभन्दा पनि अझै प्रतिगामी रहेको भन्दै त्यस्तो संशोधन प्रस्ताव असफल पार्ने निर्णय गरेको छ । सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समिति बैठकले त्यस्तो निर्णय गरेको हो साथै उसले स्थानिय निर्बाचन एकै चरणमा हुनुपर्ने ठहर समेत गरेको छ । निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न सम्पूर्ण तयारी गरिसकेको अवस्थामा दुई चरणमा चुनाव गर्न खोज्नु चुनाव हुन नदिने, राजनीतिक गतिरोध कायमै राख्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको हो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *