Monday , 25 September 2017
Home / देश / एमालेद्वारा संसद बैठक अवरुद्ध,सरकार निर्वाचन नगराउने खेलमा लागेको आरोप ।

एमालेद्वारा संसद बैठक अवरुद्ध,सरकार निर्वाचन नगराउने खेलमा लागेको आरोप ।

 

१२ बैशाख ,२०७४ / खगेन्द्र खरेल ।
सबिधान संशोधनको बिरोधमा प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अबरुद्ध गरेको छ । एमालेले निर्वाचन मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन खोजिएको विरोधमा सदनको बैठक अबरुद्ध गर्दै सरकार विभिन्न बहानाबाजीमा निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको आरोप समेत लगाएको छ ।

संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गंगाधर तुलाधरले स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको सूचना आएको बताउनुभयो । उहाले पुनर्संरचना आयोगको प्रतिवेदनलाई खण्डित हुने गरी केही स्थानीय तहको संख्या बढाउन कोटा तोकिएको छ भन्ने सुन्न आएको छ । यसो हो भने निर्वाचनको वातावरण भाडिने बताउनु भयो । उहाले परिपत्र भएको हो कि होइन ? भएको हो भने किन भन्ने सम्वन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । त्यस लगतै एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *