Sunday , 22 October 2017
Home / विदेश / भगवान गौतम बुद्धको २५६१औ जन्म जयन्ति इजराएलमा मनाइदै,संकलित सहयोग रास्ट्रिय आबिस्कार केन्द्रलाई दिईने ।

भगवान गौतम बुद्धको २५६१औ जन्म जयन्ति इजराएलमा मनाइदै,संकलित सहयोग रास्ट्रिय आबिस्कार केन्द्रलाई दिईने ।

 

१२,बैशाख २०७४ / नबिन नेपाल ब्युरो ।
बिश्व शान्तिको अग्रदुध भगवान गौतम बुद्धको २५६१ औ जन्म जयन्ति इजराएलमा भब्य रुपमा मनाइने भएको छ । आदिबासी जनजाती महासंघ इजरायलको १४ धौ बैठकले पारित गरे अनुसार नेपाल आदिबासी जनजाती महासंघ इजरायलको मुल आयोजना र इजरायलमा स्थापना भएका राजनैति सामाजिक र धार्मिक संघ संस्थाहरूको सह आयोजनामा बुद्ध जयन्ति भब्य रूपमा मनाइने भएको हो।

१३ मे २०१७ शनिबार बिहान देखि दिनभरि तेलअभिवको लेबेन्स्कि पार्कमा बौध परम्पारा अनुसार पुजा पाठ गरि परम्परागत तवरले भगवन गौतम बुद्धको २५६१औ जन्म जयन्ति मनाउने तयारि भईरहेको जानकारी नेपाल आदिबासी जनजाति महासंघ इजरायलकी अध्यक्ष निर्मला गुरूङले जानकारी दिनु भयो।

कार्यक्रममा संकलित भएको सम्पुर्ण सहयोग रकम डा, महाबिर पुनले चलाउनु भएको राष्ट्रिय अभियानमा इजरायल बासिको पनि केही योगदान रहोस भन्ने हेतुले निर्माणाधिन आबिस्कार केन्द्रलाई हस्तान्त्रण गरिने निर्णय समेत भएको उहाले जानकारी गराउनु भएकोछ।

इजरायल बासि समस्त नेपाली दाजुभाई तथा दिदिबहीनीहरूलाई भगवान गौतम बुद्धको २५६१औ जन्म जयन्ति कार्यक्रममा सहभागीता जनाई दिनहुनका लागि मुल आयोजक संस्था नेपाल आदिबासी जनजाती महासंघ इजरायल तथा सहआयोजक संस्थाको तर्फबाट हार्दिक अपिल समेत गरिएको छ ।

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *