Sunday , 24 September 2017
Home / देश / भारतीय प्रधानमन्त्री मोदीको प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन, निर्वाचनमा सहयोग रहने बिश्वास ।

भारतीय प्रधानमन्त्री मोदीको प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन, निर्वाचनमा सहयोग रहने बिश्वास ।

Prime Minister of India Narendra Modi waves following a joint statement to the press with Mexican President Enrique Pena Nieto, in Los Pinos presidential residence in Mexico City, Wednesday, June 8, 2016. Modi met with the Mexican President Wednesday evening during a short working visit to the country.(AP Photo/Rebecca Blackwell)

 

१२,बैशाख २०७४/ खगेन्द्र खरेल ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक स्थायीत्वको लागि हुन लागेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सक्दो सहयोग रहने बताउनु भएको छ। मोदीले आज दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गर्दै उक्त धारणा ब्यक्त गर्नु भएको हो । नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिँदै त्यसको लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको जनाउनु भएको छ ।

स्थानिय निर्वाचनको तयारी भइरहदा छिमेकी भारतले स्थानिय निर्वाचन नचाहेको भन्ने सन्देशहरु समेत बाहिर आइरहेको अवस्थामा प्रधानमन्त्री मोदीले टेलिफोन गर्दै त्यस्तो बताउनु भएको हो । टेलिफोनमा मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री दाहालको सफलता रहेको बताउदै निर्वाचनको लागि भारतको पूर्ण सहयोग र सद्भाव रहने छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन सफल बनाउन भारतले गर्ने सहयोगी भावनाको कदर गर्दै प्रधानमन्त्री दाहालले मोदी र भारतीय जनतालाई धन्यबाद दिनुभएको थियो। नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिदै जनतामा निर्वाचनको लहर आइसकेको समेत दाहालले सो अबसरमा बताउनुभयो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *