Tuesday , 17 October 2017
Home / देश / एमालेद्वारा काठमाडौं मेयरमा एक महिला सहित पाँच नाम सिफारिश ।

एमालेद्वारा काठमाडौं मेयरमा एक महिला सहित पाँच नाम सिफारिश ।

१३ बैशाख २०७४/ खगेन्द्र खरेल ।
नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि एक महिला सहित पाँच जनाको नाम सिफारिश गरेको छ। एमाले तीन नम्बर प्रदेश कमिटीले बुधबार मेयर उम्मेदवारका लागि पाँच नाम केन्द्रलाई सिफारिश गरेको हो। मेयर पदका लागि एमालेबाट सिफारिश हुनेहरुमा जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजाल छन्।

मेयर पदका लागि सिफारिशमा परेका जीवनराम श्रेष्ठ एमाले केन्द्रीय सदस्य हुन्। यसअघि दुई पटक खेलकूद परिषदको सदस्यसचिव भएका उनी अन्तरार्ष्ट्रिय ओलम्पिक कमिटी नेपाल च्याप्टर अध्यक्ष हुन्। विद्यासुन्दर शाक्य पूर्व वडाअध्यक्ष एवं एमाले काठमाडौं जिल्ला कमिटी सचिव हुन्। सिफारिशमा परेका विदुर मैनाली काठमाण्डौका पूर्व उप मेयर हुन् । बसन्त मान्धर एमाले अखिलका पूर्व महासचिव हुन्। एक बेला युवा संघमा सक्रिय रहेकी कल्पना रिजाल अनेम संघकी नेता हुन्।

त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिश गरेको छ। सुजिता शाक्य, शान्ति अधिकारी, रत्ना गुरुङ, विद्या न्यौपाने, इन्दिरा पन्त र श्याम भण्डारीको नाम सिफारिश गरेको छ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *