Tuesday , 17 October 2017
Home / Uncategorized / प्रधानमन्त्री सगको भेट पछि मोर्चा नेताहरु सन्तुष्ट -असमझदारी हटेको भनाइ । स्थानीय तहको संख्या बढाउन एमाले सहित सबैको सहमति खोजिने ।

प्रधानमन्त्री सगको भेट पछि मोर्चा नेताहरु सन्तुष्ट -असमझदारी हटेको भनाइ । स्थानीय तहको संख्या बढाउन एमाले सहित सबैको सहमति खोजिने ।

१४, बैशाख २०७४/ खगेन्द्र खरेल ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने सरकारी प्रस्ताव फिर्ता नलिएको स्पष्ट पार्नु भएको छ । मधेसी मोर्चाका नेताहरुसग बिहीबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सरकारले ११ जिल्लामा जारी गरेको सर्कुलरमात्र फिर्ता लिएको तर प्रस्ताव नै फिर्ता नलिएको जानकारी दिनु भएको हो ।

उहाले राजनीतिक दलहरुबीच सहमति कायम गरेर जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गरिने भन्दै मधेसी मोर्चाका नेताहरुलाई विश्वस्त हुन आग्रह गरेपछि मोर्चाका नेताहरु आस्वस्त भएको बुजिएको छ । साथै उनीहरुले अब असमजदारी हटेको बताएका छन् । बैठकमा एमाले सहित सबैको सहमतिमा स्थानीय तहको संख्या बढाउने सहमति भएको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा राजपाका नेताहरुले निर्वाचनमा जान आफूहरुले माग गरेको चुनाव चिह्न पाउनुपर्ने बताएका थिए । उनीहरुले मधेसी मोर्चामा आबद्ध विभिन्न दल एकीकरण भएर बनेको नयाँ पार्टीलाई दर्ता गर्न दिनुपर्ने र चुनाव चिह्न पाउनुपर्ने माग गरेका छन् ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *