Monday , 25 September 2017
Home / विदेश / बलिउड अभिनेता बिनोद खन्नाको निधन ।

बलिउड अभिनेता बिनोद खन्नाको निधन ।

१४, बैशाख २०७४/ नबिन नेपाल ब्युरो ।
बलिउडका चर्चित अभिनेता बिनोद खन्नाको निधन भएको छ । क्यान्सरबाट पीडित् उनको ७० बर्षको उमेरमा बिहीबार निधन भएको हो। उनको बिगत केहि दिन देखि मुम्बई स्थित एक हस्पिटलमा उपचार भैरहेको थियो । करिव पाँच दशकको फिल्मी करियरमा खन्नाले एक सय ४० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।

उनि भारतीय जनता पार्टीको तर्फ बाट लोकसभा सदस्य समेत थिए । उनले आफ्नो फिल्मी क्यारियर सन् १९६८ मा “मन का मित” बाट सुरु गरेका थिए । उनले ‘मेरे अपने’, ‘मेरा गांव मेरा देश’, ‘इम्तिहान’, ‘इनकार’, ‘अमर अकबर एंथनी’, ‘लहू के दो रंग’, ‘कुर्बानी’, ‘दयावान’ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए । पर्दामा उनि अन्तिम पटक साहरुख खानको पछिल्लो दिलवालेमा सन् २०१५ मा देखिएका थिए ।

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *