Tuesday , 17 October 2017
Home / देश / बैशाख १८ सम्ममा संबिधान संसोधन भए सबै स्थानिय तहमा उमेद्वारी दिने उपेन्द्र यादबको भनाइ, नत्र आन्दोलन ।

बैशाख १८ सम्ममा संबिधान संसोधन भए सबै स्थानिय तहमा उमेद्वारी दिने उपेन्द्र यादबको भनाइ, नत्र आन्दोलन ।

१४, बैशाख २०७४/ खगेन्द्र खरेल ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताउनु भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले सत्तारूढ र आफूहरूबीच भएको सहमति अनुसार नै संशोधन प्रस्ताव पारित गराउनुपर्ने बताए। उहाका अनुसार ‘सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाईएको हो, यसलाई पारित गर्नुपर्छ, यही वैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्छ र गर्न सकिन्छ ।’

 

 

संघीय गठबन्धनका संयोजक समेत रहेका नेता यादवले उक्त प्रस्ताव पारित नभए आफूहरुले कुनै पनि निर्वाचनमा भाग नलिने चेतावनी दिनुभयो । प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि केही दिनमात्रै संघर्षका कार्यक्रमहरु स्थगन गरेको बताउदै उहाले धोका भए ससक्त आन्दोलन गर्ने चेतावनी दिदै तेस्तो आन्दोलनले निर्बाचन बिथोलिने बताउनु भयो । भएको सहमति तथा समझदारी अनुसार सरकारले संविधान संशोधन नगरे सरकार स्वयम नै चुनाव विथोल्ने दोषी हुने बताउनु भयो ।

सरकारले घोषणा गरेको दुई चरणको निर्वाचन गलत भएको बताउँदै उहाले निर्बाचन एकै चरणमा गर्नु नै देशको हितमा रहेको बताउनु भयो । उहाका अनुसार निर्बाचनको बाताबरण बने संघीय समाजबादी फोरमले देश भरिका सबै ७४४ स्थानीय तहमा उमेद्वारी दिनेछ ।

 

 

 

 

 

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *