Monday , 25 September 2017
Home / देश / स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपति द्वारा स्वीकृति प्रदान ।

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपति द्वारा स्वीकृति प्रदान ।

१४, बैशाख २०७४/ खगेन्द्र खरेल ।
आसन्न स्थानीय तहको नेपाली सेना परिचालनका लागि राष्ट्रपति विद्या भण्डारीले स्वीकृति दिनु भएको छ । संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनका लागि राष्ट्रपति भण्डारीले स्वीकृति दिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

सुरक्षा परिषद्को निर्णय अनुसार सरकारले चैत २९ गते सेना परिचालनका लागि सिफारिस गरेको थियो । स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना बनाइएको छ, जस अनुसार नेपाली सेना तेस्रो घेरामा रहनेछ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *