Tuesday , 19 September 2017
Home / देश / संबिधान संशोधनको पक्ष विपक्षमा आ आफ्नै दाबी, सरकार जुट्यो दुइ तिहाइ पुर्याउन,विपक्षको रणनीति फेल गराउने ।

संबिधान संशोधनको पक्ष विपक्षमा आ आफ्नै दाबी, सरकार जुट्यो दुइ तिहाइ पुर्याउन,विपक्षको रणनीति फेल गराउने ।

बैशाख १५,२०७४/ खगेन्द्र खरेल ।
संबिधान संसोधनको बिषय पछिल्लो समय फेरी पेचिलो बनेको छ । मोर्चा र गठबन्धन सगको सहमति अनुसार सरकारले संसोधनका लाइ संसदमा पेश गरेपनि त्यो पास हुनेमा सत्ता पक्ष ढुक्क हुने स्थिति बनेको छैन । दुइ तिहाइ पुर्याउने दावा चै सरकारी पक्षले गर्दै छ तर त्यसको विस्वासिलो आधार देखिसकेको छैन ।

संशोधन पारित हुन सदनमा तत्काल कायम कुल सदस्य संख्या (५९३) को दुई तिहाइ (३९६) मत आवश्यक पर्छ । अहिले संसद्‌मा सत्तारूढ कांग्रेसको २०७, माओवादी केन्द्रको ८१, राप्रपाको ३७, राष्ट्रिय जनता पार्टीको २५, संघीय समाजवादी फोरमको १५, फोरम लोकतान्त्रिकको १४, नेकपा संयुक्तको ३ र बाँकी १० सिट साना दलको गरी ३९१ सिट छ । यो संख्या दुइ तिहाइ लाइ ५ कम हो ।

विपक्षको रणनीति भने संसोधन फेल गराउनेमा केन्द्रित छ।  संसद्मा एमालेका १८१, नेकपा मालेका ५, नेमकिपाका ४, राष्ट्रिय जनमोर्चाका ३, परिवार दलका २ र नेपा पार्टी (बौद्धिक परिषद्), बहुजन शक्ति र मधेस समता दलको एक/एक गरी १९८ सिट छ । एमालेले जसरि पनि संसोधन हुन नदिने अडान छोडेको छैन । सत्तापक्षले विपक्षी गठबन्धनका कम्तीमा ५ सांसद आफूतर्फ तान्न नसके संशोधन विधेयक पारित हुँदैन । मोर्चा तथा गठबन्धन भने संसोधन नभई निर्बाचनमा नजाने अडान लिदै छ जसले गर्दा एका तर्फ निर्बाचन नै नहुने हो कि भन्ने आशंका छ भने अर्को तर्फ भै हाले सबैले स्वामित्व लिने खालको हुने हो वा होइन भन्ने ।

त्यसैले सबैको सहमतिमा आन्दोलित दलहरु सहित निर्बाचनमा गएर नया संबिधान कार्यन्वानको पहिलो चरण समाप्त गर्दै देशलाई अग्रगतिमा अगि बढाउन सबैले उत्तिकै जिम्मेबारी बोधका साथ् सोच्ने बेला भएको छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *