Thursday , 19 October 2017
Home / देश / सर्बदलिय बैठक संबिधान संसोधनमा सहमति जुटाउन असफल, एकै चरणमा चुनाब गर्नु पर्ने आवाज बलियो हुदै ।

सर्बदलिय बैठक संबिधान संसोधनमा सहमति जुटाउन असफल, एकै चरणमा चुनाब गर्नु पर्ने आवाज बलियो हुदै ।

वैशाख १५, २०७४ / खगेन्द्र खरेल ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्बदलिय बैठक संबिधान संसोधनमा सहमति जुटाउन असफल भएको छ । दलहरुबीच संविधान संशोधन, स्थानीय निर्वाचन र बजेटबारे साझा धारणा बनाउने प्रयासस्वरुप छलफल भएको हो ।

नेताहरुले छलफल सकारात्मक भएपनि कुनै सहमति हुन सकेन। सत्तापक्षले बैठक सहमतिउन्मुख भएको दाबी गरेको छ भने विपक्षी दलहरुले यथास्थितिमा संविधान संशोधन गर्न नहुने अडान यथावत् राखेका छन् । बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले छलफल सकारात्मक भएको र संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गर्नु भयो।

तर, एमाले नेता अग्नि खरेलले भने सत्तापक्ष एकलौटी ढंगले अघि बढेको भन्दै यथास्थितिमा संविधान संशोधन र दुई चरणमा निर्वाचन गर्ने विषय आफूहरुलाई स्वीकार्य नभएको बताउनुभयो। सत्तापक्ष जिम्मेवारीपूर्वक प्रस्तुत् हुनुपर्ने उहाकोभनाइ थियो । फोरम अध्यक्ष उपेन्द्र यादवले एकै चरणमा चुनाव गर्न हुनुपर्ने माग गर्नु भयो। उहाले चुनाव दुई चरणमा गर्नैपरे पनि मतगणना दुई चरणमा गर्दा त्यसले अन्यौल र आशंका बढाउने भन्दै एकै चरणको पक्षमा आफुहरु रहेको बताउनु भएको बुजिएको छ। लोकतान्त्रिक फोरम नेता रामजनम चौधरीले दलहरुमा अझै पनि चुनाव गराउने बारे मनस्थिति तयार भइनसकेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।
दलहरु बीच सहमति हुन नसकिरहेको अवस्थामा प्रधानमत्री दाहालले स साना दलहरु सग छुट्टा छुट्टै छलफल गर्ने तयारि गर्नु भएको बुजिएको छ ।

 

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *