Monday , 25 September 2017
Home / देश / ओली निवासमा देउवा,एमालेको अडान कायमै,एमाले बिनै दुइ तिहाइ पुग्ने देउवाको बिस्वाश ।

ओली निवासमा देउवा,एमालेको अडान कायमै,एमाले बिनै दुइ तिहाइ पुग्ने देउवाको बिस्वाश ।

१६ बैशाख,२०७४ / खगेन्द्र खरेल।
संबिधान संसोधनमा एमाले आफ्नो पुरानो अडानमा कायमै देखिएको छ । संशोधनमा प्रमुख विपक्षी नेकपा एमालेलाई मनाउने सत्तारुढ नेपाली कांग्रेसको प्रयास पनि असफल भएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए ।

कांग्रेस नेताहरुले चुनाव गराउनु पर्ने भन्दै संविधान संशोधनमा सहमति गर्न प्रस्तावगरे पनि एमालेले अस्वीकार गरेको छ । संविधान संशोधन कुनै हालतमा पास हुन नदिने भन्दै एमाले अध्यक्ष केपी ओलीले ‘एमाले विना दुई तिहाई पुर्‍याउँछु भन्ने नसोचेपनि हुन्छ’ भन्ने जवाफ फर्काएको बुजिएको छ ।

सरकारले मधेसी मोर्चासँग संविधान संशोधन गर्दै दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने सहमति गरे पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले भने त्यसमा सहमत भएको छैन। छलफलमा कांग्रेस तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल र कृष्ण सिटौला थिए भने एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेल सहभागि थिए।

यसै बीच देउवाले एमाले बिनै पनि दुइ तिहाइ पुग्ने बिस्वाश ब्यक्त गर्नु भएको छ ।कांग्रेसको स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिले शनिबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनामा बोल्दै देउवाले मधेसी, आदिवासी, जनजाति लगायत असन्तुष्ट पक्षको भावना आंशिक रुपमा भए पनि सम्बोधन गर्न सरकारले संशोधन प्रस्ताव अघि बढाएकोले एमाले बिनै यसको पक्षमा दुइ तिहाइ पुग्ने बताउनु भयो ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गरे पनि संबिधान संसोधनमा एमाले लचक देखिएको छैन ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *