Sunday , 22 October 2017
Home / देश / निर्बाचन आयोगको निर्णय, चुनाबको बिचमा बजेट आचार संहिता बिपरित,जेठ १५ को बजेट अन्योलमा ।

निर्बाचन आयोगको निर्णय, चुनाबको बिचमा बजेट आचार संहिता बिपरित,जेठ १५ को बजेट अन्योलमा ।

१६ बैशाख,२०७४ / खगेन्द्र खरेल ।
निर्वाचन आयोगले चुनाबको बिचमा बजेट ल्याउनु आचार संहिता बिपरित भएको बताएको छ । दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरित हुने आयोगको ठहर छ । आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता अनुकुल नहुने ठहर गर्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र बाणिर्क बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता अनुकुल नहुने र दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सरकारको ध्यानाकर्षण गर्ने ।’ फागुन १८ गतेदेखि लागू आचार संहिता दोस्रो चरणको निर्वाचनसम्म यथावत रहने आयोगले जनाएको छ ।

सरकारले बैशाख ३१ र जेठ ३१ मा दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ । तर, जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानि व्यवस्था छ । निर्वाचन आयोगका पदाधिकारीहरुले सुरुमा चुनावलाई प्रभावित पार्ने कार्यक्रम नराखी बजेट ल्याउन सक्ने बताएका थिए । तर, प्रमुख विपक्षी एमालेले आपत्ति जनाएपछि आयोगले चुनावको बीचमा बजेट ल्याउन रोकेको हो । अब जेठ १५ को बजेट अन्योलमा परेको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *