Tuesday , 17 October 2017
Home / देश / गृहमन्त्री विमलेन्द्र निधिद्वारा पदबाट राजीनामा

गृहमन्त्री विमलेन्द्र निधिद्वारा पदबाट राजीनामा

१७ बैशाख २०७४/ खगेन्द्र खरेल ।
उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिनु भएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले जनाएको छ ।
पार्टी नेतृत्वले आफ्नो मन्त्रालय मातहतको प्रहरी प्रमुख नियुक्तिको प्रकरणलाई लिएर प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरिएको छ त्यस सन्दर्भमा आफूसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै उहाले राजीनामा दिनु भएको बुजिएको छ ।

आफ्नो राजीनामा पत्रमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले आफू संविधानलाई सर्वस्वीकार्य बनाउँदै हिमाल, पहाड र तराई/मधेसको संविधान बनाउन सधैँ सक्रिय र क्रियाशील रहने उल्लेख गर्नु भएको छ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *