Sunday , 24 September 2017
Home / देश / चर्चित सुडान काण्डमा सर्बोच्चको फैसला, तीन पूर्व आईजीपीलाई जेल ।

चर्चित सुडान काण्डमा सर्बोच्चको फैसला, तीन पूर्व आईजीपीलाई जेल ।

१७ बैशाख २०१७ / खगेन्द्र खरेल ।
सर्वोच्च अदालतले चर्चित सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाएको छ । फैसलामा नेपाल प्रहरीका तीन पूर्व आईजीपी सहित अन्य केहि अधिकारीहरुलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ । सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले प्रहरी बन्दोबस्तीको सामान खरिदको क्रममा भएको बहुचर्चित सुडान मिसन भ्रष्टाचार मुद्दामा अन्तिम फैसला दिएको हो । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध आजै संसदमा माहाअभियोग दर्ता भएको छ ।

अदालतको फैसलामा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ । तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरिएको छ । अन्य आरोपीलाई सर्वोच्चले सफाइ दिएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *