Thursday , 19 October 2017
Home / देश / प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग दर्ता ।

प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग दर्ता ।

१७ बैशाख,२०७४ / खगेन्द्र खरेल ।
सत्तारुढ दुइ ठुला दल कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता गरेका छन् । कांग्रेस सांसद मिन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेक बहादुर बस्नेत सहितका सांसदहरुले आइतबार दिउँसो साढे ४ बजे संसद सचिवालय पुगेर महाअभियोग दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा कांग्रेस-माओवादीका २४९ सांसदले हस्ताक्षर गरेका छन् । महाअभियोग दर्ता भएसँगै कार्कीको प्रधानन्यायाधीश पद स्वत: निलम्बन भएको छ ।

कार्कीविरुद्ध कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आईजीपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रोलाई पहिलो बनाएको लगायतका ९ आरोप लगाइएको छ । कार्कीविरुद्ध न्यायालयको स्वतन्त्रता हस्तक्षेप गर्दै सीमित न्यायाधीश इजलासमा राखेको, कार्यविधि र कानुनको पालना नगरेको, न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्‍याएको, शक्ति पृथकीकरणको सिद्धान्तमा आघात पुर्‍याएको, सर्वोच्च अदालतमा गुटबन्धी गरेको, न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको र खराव आचरण गरेको आरोप छ ।

नेपालको इतिहासमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको यो पहिलो घटना हो ।

यसै बीच सत्तारुढ दल राप्रपाका अध्यक्ष तथा उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण  भएको बताउनु भएको छ । थापाले ट्वीट गर्दै लेख्नु भएको छ, ‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस-माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण ।’न्यायिक स्वतन्त्रतामाथि गंभीर आक्रमण  ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *