Tuesday , 19 September 2017
Home / देश / प्रधान न्यायाधीशको हैसियतमा अब सर्वोच्चमा कार्की फर्किन नपाउदै अबकास ।

प्रधान न्यायाधीशको हैसियतमा अब सर्वोच्चमा कार्की फर्किन नपाउदै अबकास ।

 

१७ बैशाख २०७४ / नबिन नेपाल ब्युरो ।
प्रधान्यायाधीश सुशीला कार्की निलम्बित अवस्थामै सर्वोच्च अदालतबाट विदा हुनु हुने भएको छ । आइतबार उहा विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा पर्नु भएको हो। आगामी जेठ २४ गते नियमित अवकाश पाउन लाग्नु भएकी कार्कीले महाअभियोग प्रस्ताव प्रक्रियामै रहँदा अवकाश पाउनु हुने छ।

आइतबार संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव बारे २१ गतेको बैठकमा सभामुखले प्रस्ताव दर्ता भएको जानकारी गराउनु हुनेछ । त्यसपछि उहाले महाअभियोग प्रस्ताव माथि छलफल गर्न एक हप्ताको समय सीमा दिनुपर्छ।

एक हप्ता संसदमा छलफल भएपछि संसदको महाअभियोग समितिमा सो प्रस्ताव जान्छ। महाअभियोग समितिले एकहप्ताभित्र आरोपीलाई बोलाएर बयान लिनुपर्छ र समितिले एक महिना लगाएर आफ्नो प्रतिवेदन तयार पार्छ। सो प्रतिवेदन महाअभियोगबारे टुंगो लगाउन संसदमा पठाइन्छ। र संसदको दुई तिहाइ बहुमतले महाअभियोग बारे अन्तिम निर्णय गर्छ।

यसरी हेर्दा महाअभियोग प्रस्ताव पारित हुन करिब डेढ महिना समय लाग्छ। तर प्रधानन्यायाधीश कार्कीले महाअभियोग प्रस्ताव प्रक्रियामै रहेका बेला अबकास पाइसक्नु हुनेछ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *