Monday , 25 September 2017
Home / देश / आज मे दिवस ,विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज मे दिवस ,विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

१८ बैशाख २०७४ / खगेन्द्र खरेल ।
आज मे दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस सोमबार विभिन्न कार्यक्रमका साथ मनाईंदै छ । १ सय २८ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गर्दैछन् ।

 

श्रमिक दिवसको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न राजनीतिक दलका नेताले मजदुर दिवसका अवसरमा शुभकामना दिएका छन् । उनीहरुले सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिन श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *