Monday , 25 September 2017
Home / देश / भोलि मंगलबार ३, ४ र ६ न. प्रदेशमा उम्मेदवारी दर्ता हुँदै

भोलि मंगलबार ३, ४ र ६ न. प्रदेशमा उम्मेदवारी दर्ता हुँदै

१८ बैशाख,२०७४/ खगेन्द्र खरेल ।
पछिल्लो समय उत्पन्न राजनीतिक घटनाक्रमले आसन्न स्थानीय तह निर्वाचनप्रति जनसाधारणमा अनेक आशङ्का उत्पन्न गरे पनि भोलि बैशाख १९ गते प्रदेश न .३, ४ र ६ मा उम्मेद्वारी दर्ता तथा मनोनयन हुनेछ । भोलि तीनवटै प्रदेशका स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन गर्दैछन्।

निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नामावलीमा आज राति अबेरसम्म सबै राजनीतिक दलहरु टुङ्गोमा पुग्नेछन्। निर्वाचन आयोगले यही वैशाख ३१ गते पहिलो चरणअन्तर्गत प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरिसकेको छ।
सबै राजनैतिक दलका प्रतिनिधि आ आफ्नो पार्टीको घोषणा पत्रका साथ् जनताको घरदैलोमा पुगिरहेका छन् । मनोनयन दर्ता पछि जनताको घर घरमा पुगेर आफ्नो नीति तथा कार्यक्रम प्रति आकर्षित गर्ने कार्यले अझ गति लिनेछ ।

विगतका स्थानीय निकायको तुलनामा यसपटकको निर्वाचन बढी समावेशी र लोकतान्त्रिक छ। ठूलो सङ्ख्यामा रहेका महिला, आदिवासी र जनजातिको प्रतिनिधित्व सुनिश्चित गरिएको यस निर्वाचनबाट स्थानीय प्रजातन्त्र बलियो हुनाका साथै शासन प्रक्रियामा सबैको अपनत्व रहनेछ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नगर र गाउँ तहमा मतदाता र उम्मेदवार निर्वाचनका लागि अत्यन्त जागरुक र उत्साहका साथ प्रतीक्षामा छन्।

यसै बीच  निर्वाचन आयोगले भोलिका लागि तय भएको उम्मेदवारी दर्ता गर्ने पूर्वनिर्धारित कार्यक्रममा कुनै फेरबदल नभएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोगको तर्फबाट सोमबार यस्तो आहृवान गर्नु भएको हो । आयोगले भोलि मंगलबार निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दल र आम मतदातालाई उम्मेदवारी दिने कार्यक्रममा सहभागी हुन आहृवान गरेको छ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *