Sunday , 24 September 2017
Home / देश / कांग्रेसबाट पोखरा मेयरमा मजदुर नेता रामजी कुँवर, उपमेयरमा पत्रकार गुरुङ उम्मेद्वार

कांग्रेसबाट पोखरा मेयरमा मजदुर नेता रामजी कुँवर, उपमेयरमा पत्रकार गुरुङ उम्मेद्वार

१९ बैशाख,२०७४ / खगेन्द्र खरेल ।
देशको सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेसले रामजी कुँवरलाई उम्मेद्वार बनाएको छ । कांग्रेसको सोमबार मध्यरातीसम्म बसेको पदाधिकारी बैठकले कुँवरलाई टिकट दिने निर्णय गरेको हो । कुँवर नेपाली कांग्रेसका पुराना र ईमान्दार नेताका रुपमा चिनिनु हुन्छ । उहा नेपाल ट्रड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष तथा पूर्व महासमिति सदस्य रहिसक्नु भएको छ।

त्यस्तै, उपमेयरमा कांग्रेसले पत्रकार सरस्वती गुरुङलाई उम्मेद्वार बनाएको छ । गुरुङ कांग्रेसको कृयाशिल सदस्य हुनुहुन्छ भने पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्णकी बरिष्ठ प्रस्तोता तथा पोखराबाटै प्रकाशित हुने कास्की आवाज दैनिककी अध्यक्ष हुनुहुन्छ ।

यता  संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले काठमाडौं महानगरपालिकामा संयुक्त उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं महानगरको मेयरमा संघीय समाजवादीका पवित्र बज्राचार्य उम्मेदवारबन्नु भएको छ भने उपमेयरमा नयाँ शक्ति पार्टीकी सविना अर्यालको नाममा सहमति भएको छ ।

मेयरका उम्मेदवार बज्राचार्य यसअघि ०४९ र ०५४ को स्थानीय चुनावमा एमालेबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ बाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो  । उहा अशोक राईहरुसँग एमाले छाडेर संघीय समाजवादी फोरममा जानुभएको थियो । अर्याल तत्कालिन एकीकृत माओवादीको केन्द्रीय सदस्य हुदा बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा प्रवेश गर्नु भएको थियो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *