Tuesday , 17 October 2017
Home / देश / काठमाडौं र ललितपुर महानगरमा एमाले र राप्रपावीच चुनाबी तालमेल, दुबै महानगरको मेयरमा एमाले, उप मेयरमा राप्रपा

काठमाडौं र ललितपुर महानगरमा एमाले र राप्रपावीच चुनाबी तालमेल, दुबै महानगरको मेयरमा एमाले, उप मेयरमा राप्रपा

१९ बैशाख २०७४ / खगेन्द्र खरेल ।
राजधानी भित्रका दुई मुख्य महानगरपालिकाहरु काठमाडौं र ललितपुरमा नेकपा एमाले र राप्रपाबीच चुनाबी तालमेल हुने भएको छ। सोमबार राति सरकारबाट बाहिरिएको राप्रपा त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षसँग गठबन्धन निर्माण गरि चुनाबमा होमिएको छ। तालमेल अनुसार दुवै माहानगरको मेयरमा एमाले र उप मेयरमा राप्रपाले उम्मेद्वारी दिनेछ ।

राप्रपा अध्यक्ष कमल थापा र दीपक बोहोराले एमालेको संसदीय दलको कार्यालयमा पुगेर केपी ओलीसँग चुनावी तालमेल बारे छलफल गरे पछि अन्तिम टुंगो लागेको हो । दुवै दलका नेताहरुले चुनाबी तालमेलको पुष्टि गरेका छन् ।

यसै बीच नेकपा एमालेले पार्टीभित्रको लामो विवादलाई समाधान गर्दै काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने निर्णय गरेको छ ।  शाक्य ०४९ र ०५४ सालको स्थानीय चुनावमा काठमाडौं २१ का वडाध्यक्ष थिए । राप्रपाबाट काठमाण्डौको उपमेयरमा राजाराम श्रेष्ठले उपमेयरमा उम्मेदवारी दिएका छन् । राजाराम शाहीकालमा मेयर भइसकेका थिए ।

एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *