Tuesday , 19 September 2017
Home / खेलकुद / च्याम्पियन्स लिग फुटबलको सेमी फाइनल पहिलो लेग आज हुदै,रियल म्याड्रिड र एथलेटिको म्याड्रिड भिड्ने

च्याम्पियन्स लिग फुटबलको सेमी फाइनल पहिलो लेग आज हुदै,रियल म्याड्रिड र एथलेटिको म्याड्रिड भिड्ने

१९ बैशाख २०७४ / खगेन्द्र खरेल ।
युरोपको सर्बाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको सेमी फाइनल पहिलो लेग आज हुदै छ । रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुने यो खेल निकै रोमाञ्चक हुनेमा कुनै शंका छैन ।

प्रतियोगितामा लगातार सातौ पटक सेमी फाइनलमा पुगेर इतिहास बनाएको रियललाइ रोक्न तेस्रो पटक सेमीको यात्रामा रहेको एथलेटिको म्याड्रिडले कडा संघर्ष गर्नु पर्ने छ । चोटका कारण रियलका स्टार खेलाडी गेराथ बेलको अनुपस्थितिको फाइदा उठाउने दाउमा हुनेछ एथलेटिको म्याड्रिड । दुवै टिममा स्टार खेलाडीको कुनै कमि हुने छैन तर पनि दर्सकका आँखाले मैदानमा रियलका रोनाल्डो र एथलेटिको म्याड्रिडका एन्टोनी ग्रिज्मेनलाइ नियाल्ने छन् ।

च्याम्पियन्स लिगको पछिल्लो १० खेलमा मात्र १३ गोल गरेर अन्तिम चारमा स्थान बनाएको एथलेटिको म्याड्रिड सेमिमा पुग्ने चार टोलि मध्ये सब भन्दा कम स्कोर गरेको टोलि हो ।

२०१४ र २०१६ मा रियालसँग च्याम्पियन्स लिगमा भोगेको पराजयलाई बिर्साउने प्रयासमा हुनेछ यस पटक एटलेटिको मड्रिड तर आफ्नो मुख्य रक्षक जोजे मारिया जिमिनेजलाई भने गुमाउने भएको छ येस्तोमा किर्तिमानधारी रोनाल्डोलाई रोक्न केभिन गामेरियोको पुनर आगमनमा भरोसा गर्नु पर्ने छ ।  बायर्न म्युनिखविरुद्धको क्वार्टरफाइनलमा रोनाल्डोले ह्याटि्रक पूरा गर्दै प्रतियोगितामा १ सयौं गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।

खेल नेपालि समय अनुसार राति १२.३० मा सुरु हुनेछ । प्रतियोगिताको अर्को सेमी फाइनलमा भोलि फ्रान्सको मोनाको र इटालीको जुभेन्ट्स भिड्ने छन्

Check Also

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *