Sunday , 22 October 2017
Home / खेलकुद / रोनाल्डोको नयाँ कीर्तिमान सगै, रियाल मड्रिडद्वारा एथ्लेटिको मड्रिड पराजित

रोनाल्डोको नयाँ कीर्तिमान सगै, रियाल मड्रिडद्वारा एथ्लेटिको मड्रिड पराजित

२० बैशाख २०७४ / खगेन्द्र खरेल ।
युरोपको सर्बाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबल सेमी फाइनलको पहिलो लेगमा रियल म्याड्रिडले एथ्लेटिको मड्रिडलाइ ३-० ले पराजित गरेको छ । मंगलबार राति रियाल मड्रिडको मैदानमा भएको मड्रिड डर्बीमा रियलका स्टार खेलाडी रोनाल्डो चम्किए पछि एथ्लेटिको मड्रिडको पराजय सुनिश्चित भएको हो । खेलमा रोनाल्डोले दशौ,७३औ र ८६ औ मिनटमा गोल गरेर ह्याट्रिक पुरा गरेका थिए । यससँगै रोनाल्डोले लिओनल मेस्सीले बनाएको च्याम्पियन्स लिगमा सात हृयाटि्रकाको रेकर्डसँग बराबरी गरेका छन् ।

तीन गोल गरेसँगै पोर्चुगिज फुटबल स्टार रोनाल्डोले युरोपको कुनै पनि क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा ३ सय ६७ गोल गरेका छन् । उनले इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट ८४ तथा रियाल मड्रिडबाट २ सय ८३ गोल गरिसकेका छन् । यसअघि युरोपका शीर्ष लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान इङ्लिस खेलाडी जिम्मी ग्रिएभ्सको नाममा रहेको थियो । जिम्मीले सन् १९५७ देखि ७१ सम्म तीन इङ्लिस प्रिमियर लिग र इटालियन लिगमा गरी ३ सय ६६ गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज राति फ्रान्सको मोनाको र इटालीको जुभेन्ट्स भिड्ने छन् ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *