Thursday , 19 October 2017
Home / देश / ठुला दल बीच चुनावी तालमेल: निर्बाचन दुइ धारमा केन्द्रित हुने संकेत,काठमाडौं र पोखराको मेयर कांग्रेसलाई, भरतपुरमा माओबादि केन्द्र

ठुला दल बीच चुनावी तालमेल: निर्बाचन दुइ धारमा केन्द्रित हुने संकेत,काठमाडौं र पोखराको मेयर कांग्रेसलाई, भरतपुरमा माओबादि केन्द्र

२१, बैशाख, २०७४ / खगेन्द्र खरेल।
निर्बाचन नजिकै गर्दा ठुला दलहरु बीच चुनाबी तालमेलको दबाब बढेको छ । केहिदिन अघि मनोयन दर्ता गर्दा काठमाण्डौ र ललितपुरमा एमाले र राप्रपाको तालमेलले दवाब बढाए पछि आज कांग्रेस र माओबादि केन्द्र बीच पनि तालमेलको सहमति भएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरमा चुनावी तालमेलको सहमति भएको हो। ठुला दलहरु बीच चुनाबी तालमेल हुदा निर्बाचन दुइ धारमा केन्द्रित हुने संकेत मिलेको छ ।

सहमति अनुसार काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने छ भने चितवनको भरतपुरमा माओवादीलाई कांग्रेसले सघाउने छ । काठमाडौंमा कांग्रेसले राजुराज जोशीलाई मेयर र हरिप्रभा खड्गीलाई उपमेयरको उम्मेदवार बनाएको छ भने माओवादीले सर्वोत्तम डंगोललाई मेयर र सुशीला पौडेललाई उपमेयर बनाएको छ । यस्तै भरतपुरमा कांग्रेसले दिनेश कोइरालालाई मेयर र पार्वती शाहलाई उपमेयर बनाएको छ भने माओवादीले प्रचण्डपुत्री रेणु दाहाललाई मेयर र सुरेन्द्र तामाङलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

अब सहमति अनुसार कांग्रेसले काठमाण्डौ र पोखरामा उप मेयर पदबाट उम्मेद्वारी फिर्तालिदा माओबादिले मेयर पदको मनोनयन फिर्ता लिनेछ। त्यस्तै भरतपुरबाट कांग्रेसले मेयर पद छोड्ने छ । ललितपुरका बिषयमा छलफल भैरहेको बताइएको छ,मनोनयन फिर्ता लिने समय आज साँझ ५ बजे सम्म छ ।

एमाले र राप्रपाको गठबन्धनले दवाब दिए पछि सकेसम्म देशै भर तालमेल हुने गरि छलफल अगि बढेको कांग्रेस र माओबादिका नेताहरुले बताएका छन्।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *