Thursday , 19 October 2017
Home / देश / महाअभियोग फिर्ता लिन सरकार द्वारा अस्वीकार, चाडै भोटिंग गरेर टुङ्ग्याउन एमालेको माग

महाअभियोग फिर्ता लिन सरकार द्वारा अस्वीकार, चाडै भोटिंग गरेर टुङ्ग्याउन एमालेको माग

२१ बैशाख, २०७४ / खगेन्द्र खरेल।
प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमालेले गरेको आग्रह सरकारले अस्वीकार गरेको छ । बिहिबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री समक्ष महाअभियोग फिर्ता लिन आग्रह गर्नु भएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले आफू एक्लैले महाभियोग फिर्ताको निर्णय लिन नसक्ने जवाफ फर्काउनु भएको छ।

के पी ओलीले प्रस्ताब फिर्ता नलिए संसदमा तत्काल पेश गर्न आग्रह गर्दै कार्कीको कार्यकाल एक महिना केही दिन मात्र बाँकी रहँदा महाअभियोग आएको भन्दै यसलाई लामो समय संसदमै अड्काएर राख्न नहुने बताउनुभएको बुजिएको छ। एमालेले महाअभियोगबारे संसदमा कुन दिन भोटिङ गर्ने आजको बैठक अघि नै तय हुनु पर्ने शर्त राखेको छ । अन्यथा महाअभियोगलाई संसदमा पेश गर्न नदिने संकेत एमाले नेताहरुले दिएका छन् ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *