Sunday , 22 October 2017
Home / देश / निलम्बित प्रधान न्यायाधीश कार्कीलाइ काममा फर्कन सर्वोच्चको आदेशः महाअभियोग अघि नबढाऊन समेत अन्तरिम आदेश

निलम्बित प्रधान न्यायाधीश कार्कीलाइ काममा फर्कन सर्वोच्चको आदेशः महाअभियोग अघि नबढाऊन समेत अन्तरिम आदेश

२२ बैशाख, २०७४ /खगेन्द्र खरेल।
निलम्बित प्रधान न्यायाधीश कार्कीलाइ काममा फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ साथै सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको बताएको छ ।

न्यायाधीयहरुबाट गरिने व्यवहार, आचरण र न्याय सम्पादन समेतमा गल्भीर विचलन भए नभएको विषयमा गम्भीर छलफल भएर निस्कने परिणाम वस्तुगत र प्रमाणयोग्य आधार भए मात्र महाअभियोग प्रस्ताव संवैधानिक र जायज हुने आदेशमा उल्लेख छ । सुविधा सन्तुलनका आधारमा रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । फैसलाको पूर्ण पाठ..

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *