Tuesday , 19 September 2017
Home / खेलकुद / आइ पी एल क्रिकेटमा कोलकत्ता र गुजरात लायन्स बिजयी,बेंगलोरको खराब प्रदर्शन जारी

आइ पी एल क्रिकेटमा कोलकत्ता र गुजरात लायन्स बिजयी,बेंगलोरको खराब प्रदर्शन जारी

 

२५ बैशाख २०७४ / खगेन्द्र खरेल ।

आइ पी एल क्रिकेटको पछिल्लो खेलमा कोलकत्ता र गुजरात लायन्स बिजयी भएका छन् । कोलकत्ताले रोयल च्यालेन्जर बेंगलोरलाइ छ विकेटले हराउदा गुजरातले पनि किंग्स एलेभेन पन्जाबलाई छ विकेटले नै पराजित गरेको छ । सुनिल नारेनको आइ पी एल क्रिकेटमा सबै भन्दा तेज अर्ध सतकको मद्दतले कोलकत्ताले रोयल च्यालेन्जर बेंगलोरलाइ हराएको हो । बेंगलोरको खराब प्रदर्शन उक्त खेलमा पनि जारी रहयो । एक सय ५९ रनको लक्ष कोलकत्ताले ४ विकेट गुमाएर १५ ओभर एक बलमा भेट्टाएको हो । उसको जितमा सुनिल नारेनले ५४ तथा क्रिस लिनले ५० रन बनाए ।

 

१५ बलमा अर्ध सतक बनाएर सुनिल नारेनले आ पी एल क्रिकेटको सबै भन्दा तेज अर्ध सतकको किर्तिमान समेत बनाए । यो भन्दा अघि २०१४ मा कोलकत्ताकै युशुफ पठानले १५ बलमा ५० रन पुरा गरेका थिए । टस हारेर पहिले ब्याटिंग गरेको बेंगलोरले ६ विकेट गुमाएर एक सय ५८ रन बनाएको थियो । उसका लागि ट्राभिस हेडले ७५ र मन्दिप सिंहले ५२ रन बनाएका थिए ।

अर्को खेलमा गुजरात लायन्सले किंग्स एलेभेन पन्जाबलाइ छ विकेटले पराजित गर्यो । एक सय ९० रनको लक्ष गुजरात लायन्सले दुइ बल बाकि छदै चार विकेट गुमाएर भेटाएको हो । पन्जाबको पराजयले उसका लागि सतक बनाएका हासिम अमलाको एक सय चार रन पनि ओझेल पर्यो । सन् मार्शले ५८ रनको योगदान दिएका थिए । गुजरातको जितमा ड्वाने स्मिथले ७४ तथा सुरेश रैनाले ३९ रन बनाएका थिए ।

आइ पी एल क्रिकेटमा मुम्बई,कोलकत्ता,पुणे र हैदराबाद शिर्ष चार मा छन् भने पन्जाब,गुजरात,दिल्ली र बेंगलोर क्रमस अन्तिम चारमा छन् ।

 

Check Also

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *